Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा सुरु,मोहन बस्नेतका मान्छेले केन्द्रीय सदस्य घिमिरेमाथि गरे हातपात

कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा सुरु,मोहन बस्नेतका मान्छेले केन्द्रीय सदस्य घिमिरेमाथि गरे हातपात


  • 6.7K
    Shares

    कांग्रेस पदाधिकारी बैठक बालुवाटारमा सुरु,मोहन बस्नेतका मान्छेले केन्द्रीय सदस्य घिमिरेमाथि गरे हातपात

    नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक सुरु भएको छ। प्रधानमन्त्री निसास बालुवाटरमा भएको बैठक दिउँसो ३ बजे सुरु भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। बैठकले महाधिवेशनको कार्यतालिका हेरफेर गर्नेबारे छलफल गर्ने बताइएको छ। 

    कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने गरी तय भएकोमा कार्यतालिका फेरि हेरफेरका विषयमा छलफल गर्न लागिएको कांग्रेस स्रोतले बताएको छ। असार ४ गते बसेको केन्द्रीय समिति बैठकले भदौ १६ बाट महाधिवेशन सुरु गर्ने गरी कार्यतालिका पास गरेको थियो।

    असार ४ गतेको केन्द्रीय समितिले साउन १२ गते गाउँ/नगर अधिवेशन, साउन १६ गते गाउँ/नगरपालिका अधिवेशन गर्ने गरी मिति तय गरेको थियो। यस्तै साउन २० गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन २३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गर्ने तय थियो।

    शुक्रबारको बैठकमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा.शशांक कोइराला, महामन्त्री पूर्ण बहादुर खड्का, सह-महामन्त्री डा.प्रकाश शरण महत र कोषाध्यक्ष सीता देवी यादव सहभागी छन्। 

    यस्तै पूर्व कोषाध्यक्ष चित्रलेखा यादव, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, पूर्व महामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य रमेश लेखक, डा. प्रकाश शरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा र मीनेद्र रिजाललगायतका नेताहरू सहभागी छन्।

    यस्तै गृहमन्त्री तथा प्रमुख सचेतक बालकृष्ण खाँण, केन्द्रीय सदस्य नारायण खड्का, कार्यालयका मुख्यसचिव कृष्ण पौडेललगायतसमेत उपस्थित छन्। 

     कांग्रेसभित्र क्रियाशील सदस्यता विवाद उत्कर्षमा पुगेको छ। 

    महाधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यताका विषयमा विवाद हुँदा सिन्धुपाल्चोक कांग्रेसका कार्यकर्ताले क्रियाशील सदस्यता छानबिन समितिका सदस्यमाथि हातपात गरेका हुन्। श्याम घिमिरे माथि मोहन बस्नेतका कार्यकर्ताले मुक्का हानेका हुन्। घिमिरे कांग्रेस केन्द्रिय सदस्य हुन्। 

    प्रकाशित मिति :श्रावण १ २०७८ शुक्रवार - १५:४२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij