Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओलीको बैठक चल्दै गर्दा माधवका मान्छे छापामार शैलीमा छिरे, बैठक रोक्न क-कसले दिए दबाब ?

ओलीको बैठक चल्दै गर्दा माधवका मान्छे छापामार शैलीमा छिरे, बैठक रोक्न क-कसले दिए दबाब ?


  • 5.8K
    Shares

    ओलीको बैठक चल्दै गर्दा माधवका मान्छे छापामार शैलीमा छिरे, बैठक रोक्न क-कसले दिए दबाब ?

    एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी कमिटी बैठक जारी रहेका बेला वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका पार्टी एकता कार्यदलका सदस्यहरु बैठक रोक्न माग गर्न बैठक स्थल आइपुगेका छन्।

    उनीहरु धमाधम बैठक स्थलमा प्रवेश गरेका छन्। बैठकमा सहभागी हुनु भन्दा पनि आफ्ना कुरा राख्न आएको स्थायी कमिटी सदस्य घनश्याम भुसालले बताए ।

    वार्ता टोली संयोजक भीम रावलसहितका नेताहरु पार्टी बैठक चलिरहेका बेला अध्यक्ष ओलीलाई भेट्न भन्दै च्यासल पुगेका हुन् । अर्का नेता भीम आचार्यले आजको बैठक रोकेर सहमतिमा अर्को बैठक बोलाउन सुझाव दिन आफूहरु आएको बताए । भीम रावल,सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र भीम आचार्य बैठकस्थलमा पुगेका छन् ।

    प्रकाशित मिति :श्रावण १ २०७८ शुक्रवार - १२:५०:१४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij