Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

अदालतले हातखुट्टा बाँधिदिएपछि सकसमा ओली, माधवलाई कारबाही गर्न आईलाग्यो यस्तो आपत्

अदालतले हातखुट्टा बाँधिदिएपछि सकसमा ओली, माधवलाई कारबाही गर्न आईलाग्यो यस्तो आपत्


  • 7.0K
    Shares

    अदालतले हातखुट्टा बाँधिदिएपछि सकसमा ओली, माधवलाई कारबाही गर्न आईलाग्यो यस्तो आपत्

    सत्ता बाट बाहिरिएपछि आज पहिलो पटक नेकपा एमालेले बोलाएको स्थायी समितीको बैठक जारी छ। एमालेले आज एकैदिन दुईवटा बैठक बोलाएको छ । अपराह्न ३ बजे संसदीय दलको बैठक बोलाएका ओलीले माधव पक्षलाई कारबाही गर्ने सम्भावना बढी छ। 


    एमालेभित्रको तिक्तता कायमै रहेका बेला अध्यक्ष केपी शर्मा ओलीले लगातार एकै दिन स्थायी समिति र संसदीय दलको बैठक बोलाएर माधव नेपाल समूहलाई कारबाही गर्न लागेको हो कि भन्ने आशङ्का गरिएको छ । यद्यपि यसबारे नेताहरूले प्रस्ट बताइसकेका छैनन् ।


    कतिपयले गत असार २७ गते एमाले विवाद समाधानका लागि कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव अनुमोदन गर्न स्थायी समिति बैठक बोलाएको हुन सक्ने समेत बताएका छन् ।

    तर, पछिल्लोपटक अध्यक्ष ओलीका आक्रामक अभिव्यक्तिले उनी कार्यदलको सुझावअनुसार पार्टी एकता गर्ने दिशातर्फ भन्दा पनि माधव पक्षलाई कारबाही गरेरै अघि बढ्ने निष्कर्षमा पुगेको बताउन थालिएको छ ।

    असार ३० गते बालुवाटार छाडेर बालकोट सरेका अध्यक्ष ओलीले बालकोटको बार्दलीबाट वरिष्ठ नेता नेपाललाई ‘राष्ट्रिय गद्दार’ घोषणा गर्दै उनलाई एमालेमा स्थान नरहेको बताएका थिए । ओलीको यो अभिव्यक्तिले पनि आज बस्ने बैठकमार्फत उनले माधव पक्षलाई कारबाही गर्न सक्ने अनुमानलाई बल पुगेको छ ।

    ‘पार्टीविरुद्ध गतिविधि गर्ने नेताहरूलाई यसअघि पटक–पटक सुध्रन दिएकै हो । तर, उहाँहरू सुध्रने भन्दा पनि थप अराजक गतिविधिमा संलग्न हुनु थाल्नुभयो’, ओली पक्षका एक नेता भन्छन्, ‘पार्टी विधान विपरीत मनलाग्दी गर्ने नेतालाई अब छुट हुँदैन । यद्यपि कारबाहीको प्रक्रिया के हुने भन्ने निश्चित छैन ।’

    ती नेताका अनुसार यसअघि प्रधानमन्त्री ओलीको विरुद्धमा हस्ताक्षर गर्ने २६ मध्ये कतिपय नेताहरू गल्ती महसुस गरेर बैठकमा आउन सक्ने छन् । तर, त्यसरी नआउने नेताहरूलाई भने कारबाहीको निर्णय गर्नुको विकल्प नभएको उनको भनाइ छ । तर, ओली पक्षले भनेजस्तो शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेकै आधारमा उनीहरूलाई कारबाही गर्न सक्ने अवस्था भने देखिँदैन । सर्वोच्च अदालतको पछिल्लो निर्णयले ओलीको विकल्पमा सरकार गठनका क्रममा समर्थन गरेको आधारमा कुनै पनि सांसदलाई कारबाही नगर्न आदेश जारी गरेकाले ओलीलाई कारबाहीको बाटो रोज्न सहज नभएको हो ।

    यसैबीच, नेकपा एमालेका दोस्रो तहका नेताहरूले आज बोलाएको बैठक स्थगित गर्न आग्रह गरेका छन् । तर, उनीहरूको आग्रहलाई ओलीले बेवास्ता गरेका छन् । माधव नेपाल पक्षबाट कार्यदलमा समेत रहेका नेता सुरेन्द्र पाण्डेले आफूहरूले आजको बैठक स्थगित गर्न आग्रह गरेको बताए । ‘हामीले भनेका छौँ, आफ्नोतर्फबाट प्रयास गरेका छौँ’, पाण्डेले भने ‘तर बैठक स्थगित गर्ने नगर्ने वा हाम्रो समूह बैठकमा जाने नजाने निश्चित छैन ।’

    नेता पाण्डेले यस्तो बताए पनि अर्का नेता युवराज ज्ञवालीले बिहीबार बेलुका रातोपाटीसँग कुरा गर्दै ओली पक्षले एकपक्षीय ढङ्गले बोलाएको बैठकमा आफ्नो समूह नजाने बताएका थिए ।

    उता कार्यदलका सदस्यहरू भने एकपटक कार्यदलस्तरमा छलफल गर्ने र १० बुँदे सहमति कार्यान्वयनको प्रयास गर्ने तयारीमा छन् ।

    सत्ताबाट हट्नुपरेकोमा माधव नेपाल पक्षसँग आक्रोशित देखिएका अध्यक्ष ओलीले स्थायी कमिटीबाट माधव नेपाल पक्षलाई कारबाही गर्ने प्रयास गरे पनि अदालतले त्यसलाई रोकिसकेको हुनाले कारबाही उल्टिने माधव नेपाल पक्षका नेताहरूको दाबी छ ।

    नेपाल पक्षका एक नेताले  भने, ‘अदालतले धारा ७६(५) बमोजिमको प्रधानमन्त्री नियुक्तिको सन्दर्भमा समर्थन जनाउने वा हस्ताक्षर गर्ने सांसदहरूलाई कारबाही नगर्नु भनेर फैस

    प्रकाशित मिति :श्रावण १ २०७८ शुक्रवार - १२:३१:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij