Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

माधव नेपालका कोही नगए पनि एमाले स्थायी कमिटी बैठक जारी, आज के-के गर्दैछन् ओली ?

माधव नेपालका कोही नगए पनि एमाले स्थायी कमिटी बैठक जारी, आज के-के गर्दैछन् ओली ?


  • 4.5K
    Shares

    माधव नेपालका कोही नगए पनि एमाले स्थायी कमिटी बैठक जारी, आज के-के गर्दैछन् ओली ?

    ललितपुरको च्यासलस्थित नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । तुलसी प्रतिष्ठानको कार्यालयमा बैठक सुरु भएको हो । 

    आजको बैठकमा मुख्य तीन एजेण्डामाथि छलफल हुने नेकपा एमालेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल पक्षबाट भने कोही पनि सहभागी भएको छैन ।

    उनका अनुसार पार्टी एकताका लागि गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिमाथि मुख्य छलफल हुनेछ । त्यस्तै, सर्वोच्चको फैसलापछि पुनःस्थापना भएको प्रतिनिधिसभामा अब एमाले कसरी प्रस्तुत हुने र एमालेको भूमिका के हुने भन्ने विषयमा छलफल हुनेछ । 

    यस्तै अर्को पार्टी एकता, संगठन परिचालन र संघर्षलाई कसरी अघि लैजाने भन्ने विषयमा पनि छलफल केन्द्रित हुने तामाङले जानकारी दिए । 
    सरकारबाट बाहिरिएपछि एमाले स्थायी कमिटी बैठक पहिलो हो । यसअघि पार्टीका बैठक अधिकांश प्रधानमन्त्री निवास बालुवाटारमा हुने गरेका थिए । 

    प्रकाशित मिति :श्रावण १ २०७८ शुक्रवार - १२:१४:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij