२०८२ माघ १५ गते बिहिवार
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले आफ्नो राजनीतिक गतिविधिलाई बढाएका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपालसँग भेटवार्ता गरेका उनले आज जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईसँग भेट गरेका छन् ।
पार्टीका नेता धर्मेन्द्र बाँस्तोलासहित विप्लव भट्टराईको निवास टोखामा शुक्रबार बिहान पुगेका थिए । डा. भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले डा. भट्टराई र विप्लवबीच लामो समयपछि अन्तरंग कुराकानी भएको जानाकारी दिए।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेका सहमति प्रधानमन्त्री शेरबहादुर देउवाबाट पूरा गराउन विप्लवले विभिन्न नेतामार्फत् पहल थालेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij