२०८२ माघ १५ गते बिहिवार
नेकपा एमाले बोलाएको संसदीय दलको बैठकमा माधव नेपाल पक्ष नजाने भएको छ। ओली भोलि दिउसो ३ बजे नयाँ बानेश्वर संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएका हुन् । भोली साउन १ गते हो। साउन १ लाई लुतो फाल्ने दिन पनि भनिन्छ। लुतो फाल्ने दिनकै छेको पारेर ओलीले बोलाएको बैठकमा नजाने निर्णय गर्दै नेपाल पक्षले ओलीको लुतो फाल्न नजाने निर्णय गरेको हो।
सरकारबाट बाहिरिएपछि पहिलोपटक संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार बैठक बोलाएका छन् । नेपाल पक्षका सांसद तथा केन्द्रीय सदस्य मेटमणि चौधरीले बैठकमा नजाने सल्लाह भएको जानकारी दिए।
पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।
बैठकमा नेपाल पक्षका सांसदलाई पनि खबर गरिएको उनले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij