Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओलीले बोलाए संसदीय दलको बैठक, सत्ताबाट ओराल्ने २३ सांसदलाई पनि दिए निम्तो

ओलीले बोलाए संसदीय दलको बैठक, सत्ताबाट ओराल्ने २३ सांसदलाई पनि दिए निम्तो


  • 4.5K
    Shares

    ओलीले बोलाए संसदीय दलको बैठक, सत्ताबाट ओराल्ने २३ सांसदलाई पनि दिए निम्तो

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । भोलि दिउसो ३ बजे नयाँ बानेश्वर संसद् भवनको ल्होत्से हलमा संसदीय दलको बैठक बोलाएका हुन् ।

    प्रतिनिधिसभा पुनःस्थापनापछि एमाले संसदीय दलको बैठक पहिलोपटक बस्न लागेको हो । सर्वोच्च अदालतले साउन ३ गते प्रतिनिधिसभाको बैठक बोलाउने आदेश दिएकाले त्यसअघि पुनःस्थापित संसदमा एमालेको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

    सरकार ढाल्न शेरबहादुर देउवालाई समर्थन गर्ने माधव नेपाल पक्षका २३ जनासहित सबै सांसदलाई खबर गरिएको उनले जानकारी दिए ।

    प्रकाशित मिति :आषाढ ३१ २०७८ बिहिवार - १५:१७:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij