Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

मान्छेले अक्सिजन फ्याक्छ भन्ने ओलीका मन्त्री देउवा निवासमा जब मन्त्री बनाईदिन हारगुहार गर्दै पुगे...

मान्छेले अक्सिजन फ्याक्छ भन्ने ओलीका मन्त्री देउवा निवासमा जब मन्त्री बनाईदिन हारगुहार गर्दै पुगे...


  • 7.9K
    Shares

    मान्छेले अक्सिजन फ्याक्छ भन्ने ओलीका मन्त्री देउवा निवासमा जब मन्त्री बनाईदिन हारगुहार गर्दै पुगे...

    एमाले अध्यक्ष केपी शर्मा ओली सत्ताबाट बाहिरिएसँगै उनको समूहका सांसदले कित्ता परिवर्तन गर्न सिलसिलाको थालनी भएको छ । यही सिलसिलामा ओली क्याबिनेटका एकजना पूर्वमन्त्री आफूलाई मन्त्री बनाउन माग गर्दै शेरबहादुर देउवाको निवास बूढानीलकण्ठ पुगेको खुलासा भएको छ ।
     
    पटक-पटक संचार माध्यममा मन्त्री बन्दै भनेर समाचार लेखाउने तर मन्त्री चाही नहुने समस्याले पिरोलिएका डोटीका साम्सद तथा पूर्व वन मन्त्री प्रेम आले मन्त्री माग्दै देउवा निवास पुगेका हुन्। 

    देउवालाई विश्वासको मत दिने बेला ‘फ्लोर क्रस’ गरेर भए पनि भोट हाल्ने भन्दै ओलीनिकट आले देउवासँग आफूलाई मन्त्री बनाइदिन आग्रह गरेका छन् । उनी ओली सरकारमा केही महिना वन तथा वाताबरण मन्त्री बनेका थिए। 

    बूढानीलकण्ठ पुगेर उनले  देउवालाई भने, ‘तपाईले विश्वासको मत त लिनैपर्छ, त्यसबेला म केपी ओलीतिरका ८ जना सांसदलाई फ्लोर क्रस गराएर भोट हाल्न लगाउँछु, यस वापत मलाई पनि सरकारमा सहभागी भएर जनताको सेवा गर्ने अवसर मिलाइदिनुपर्यो ।’

    ओली समूहबाट कित्ता परिवर्तन गरेर मन्त्री बन्ने दौडमा लागेका आले ओली क्याबिनेटको मन्त्री बनेका बेला विभिन्न अभिव्यक्तिका कारण विवादमासमेत तानिएका थिए ।

    प्रधानमन्त्री देउवाले नेकपा एमालेको कोटाबाट मन्त्री बनाउँदा माधव नेपालको सिफारिसअनुसार मात्रै मन्त्रीको छनोट गर्ने भएकाले ओली पक्षका ती सांसदले मन्त्री खान पाउने सम्भावना चाहिँ न्यून छ ।

    तथापि उनले आफूसँग ८÷९ जना सांसदहरु रहेकाले माधव नेपालसँग पनि यसबारेमा कुरा गर्ने र मन्त्री बनाइएमा ओलीको कित्ता छाडेर माधव नेपालतर्फ लाग्ने बूढानीलकण्ठलाई वचन दिएको स्रोतले बतायो । देउवाले विश्वासको मत नपाएर सरकार ढल्ने अवस्था आएमा आफूले काँध थाप्ने ती नेताले वचन दिएको बुझिएको छ ।

    स्रोतका अनुसार उनले शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि बूढानीलकण्ठमा पुगेर बधाई दिइसकेका छन् । तर, त्यसअघि सर्वोच्च अदालतको फैसला नै नआइकन पनि उनले बूढानीलकण्ठमा पुगेर देउवालाई संसद पुनःस्थापनापछि फ्लोर क्रस गर्ने वचन दिएका थिए । वन मन्त्री हुँदा उनी रुखले कार्बनडाईअक्साईड फ्याक्छ मान्छेले अक्सिजन फ्याक्छ भनेर चर्चामा आएका थिए। 

    प्रकाशित मिति :आषाढ ३१ २०७८ बिहिवार - १४:१४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij