२०८२ माघ १५ गते बिहिवार
सर्वाेच्च अदालत संवैधानिक इजलासको फैसला बमोजिम राष्ट्रपति भण्डारीले कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई मंगलबार प्रधानमन्त्रीमा नियुक्त गरिन् । त्यसै दिन साझ ६ बजे सपथको समय तालिका राखिएको थियो । ६ बजे सपथको समय तोकिएपछि ५ बजे नै पूर्वप्रधानमन्त्रीहरु, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रधानन्यायाधीश र दलका शीर्ष नेता शीतल निवास पुगिसकेका थिए ।
करिव साँढे ५ बजेतिर कांग्रेस नेतृ पुष्पा भूसालले प्रधानमन्त्रीको नियुक्ति र सपथको ब्यहोरा पाँच दलका नेताहरुलाई देखाइन। नियुक्ति र सपथको ब्यहोरामा संविधानको धारा उल्लेख नगरी अदालतको आदेशबाट भन्ने शब्द लेखिएको थियो । देउवाले हेरे बोलेनन् । तर पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रपति कार्यालयको झेल देखिहाले ।
राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकाप्रति निरन्तर प्रश्न उठ्दै आएको छ। पदमुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वार्थका लागि आफ्नो पदको समेत कुनै ख्याल नराखी निर्णय गर्नु भण्डारीका लागि सामान्य बन्दै आएको छ।
भण्डारीले सर्वोच्च अदालको फैसला अनुसार देउवालाई प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गर्दै संविधानको धारा नै नलेखिदिएपछि शपथ ग्रहण नै विवादित बन्न पुग्यो।
देउवाले आफू धारा ७६ (५)को प्रधानमन्त्री भएकाले उक्त कुरा नियुक्तिको विज्ञप्तिमा उल्लेख नगरेसम्म शपथ नै नलिने अडान लिए। तर पनि सच्चिएन।
मंगलबार साँझ बुढानिलकण्ठबाटै देउवाले मुख्य सचिव शंकरदास वैरागीलाई नियुक्तिको भाषा सच्याउन निर्देशन दिए। तर देउवा बुढानिलकण्ठबाट शपथका लागि शीतल निवासम्म आइपुग्दासमेत भाषा सच्चिएन।
भाषा नसच्चिएपछि देउवासहित नेताहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई उपेन्द्र यादव राष्ट्रपति भण्डारीलाई नै भेट्न गए।
उनीहरुले नियुक्तिको भाषाप्रति असहमति जनाउँदै सच्याउन आग्रह गरे। स्रोतका अनुसार नेताहरुले सच्याउन भनेपछि भण्डारीले आफूले नभई कर्मचारीले लेखेको भन्दै पन्छिन खोजिन्। भण्डारीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यस्तो लेखिन पुगेछ। कर्मचारी साथीहरुले के के गरे….।’
आफैले स्वीकृति दिएको भाषामा कर्मचारीलाई दोष दिएर पन्छिन खोजेपछि प्रचण्डले अलि कडा रुपमा प्रस्तुत हुँदै ‘गलत कुरा लेखिन नहुने र त्यसलाई तत्काल सच्याएर शपथ ग्रहण हुनुपर्छ’ भन्ने अडान राखे।
प्रचण्ड कडा रुपमा प्रस्तुत भएपछि भण्डारी र उनीबीच सवाल जवाफ नै चलेको सहभागी मध्येका एक नेताले निकट नेताहरुलाई बताएका छन्। देउवा पनि भाषा नसच्चिएसम्म शपथ नलिने भन्दै झोक्किए।
त्यसक्रममा राष्ट्रपति भण्डारी एमालेमा विभाजन ल्याउन भूमिका खेलेको आशय व्यक्त गर्दै प्रचण्डसँग रिसाइन्। भण्डारीको भनाइ उद्धृत गर्दै ती नेताले निकटसँग भनेका छन्, ‘तपाईं माधवजीसँग पार्टी एकता गर्दै हुनुहुन्छ हो?’
जवाफमा प्रचण्डले गलत कुराको पछि नलाग्न आग्रह गर्दै भने, ‘तपाईं गलत कुरा सुन्दै हुनुहुन्छ। अहिले एकताबारे कुनै निर्णय भएको छैन।’
प्रचण्डले राष्टपति भण्डारीलाई थप सम्झाउन के खोज्दैथिए उनी झोक्किइन । प्रचण्डलाई झपार्न थालिन । त्यसपछि प्रचण्डले पनि प्रतिवाद गर्न थाले र झोकाझोक शुरु भयो । काझोककै बीचमा पूर्वप्रधानमन्त्री नेपालले दुवैलाई शान्त पारे । यो विवादको बिषय नै होइन, फैसलाको मकसद के हो ? त्यसमा हामीले विवाद गर्नै पर्दैन, आदेश दिने प्रधानन्यायाधीश यही हुनुहुन्छ । उहाँलाई बोलाउ, तथ्य के हो थाहा भइहाल्छ । नेता नेपालले यति भनेपछि रास्ट्रपति गलिन र आदेश शब्दको सट्टा संविधानको धारा ७६ (५) लेख्न सहमत भइन । तर उनको आक्रोस शान्त भएन ।
नेताहरु र भण्डारीबीच केही बेरको सवाल जवाफपछि सर्वोच्चको आदेश र संविधानको धारासमेत उल्लेख हुने गरी नियुक्तिको भाषा मिलाउने सहमति भयो। त्यस्तै अनुसार राष्ट्रपति कार्यालयका कर्मचारीले पढेर शपथ ग्रहण कार्यक्रम सुरे गरे। कार्यक्रममा पढिएअनुसार अझै पनि राष्ट्रपति कार्यालयले विज्ञप्ति वेबसाइटमा सच्याएको छैन।
नेताहरुसँग रिसाएकी भण्डारीले देउवा र चार मन्त्रीलाई शपथ ग्रहण गराइन्। प्रधानमन्त्रीलाई बधाईसमेत नभनी राष्ट्रपति भण्डारी कार्यक्रमबाट बाहिरिन्।
समारोहमा सहभागी एक व्यक्तिले भने, ‘राष्ट्रपति ज्यूको मुड अफ थियो। उहाँले बसेरै शपथ ग्रहण गराउन माइक मिलाउने कर्मचारीलाई इसारा गर्नुभएको थियो। तर उसले कुरा बुझेन वा के भयो माइक माथि नै राखिदियो। त्यसपछि उहाँले शपथ गराउनुभयो। बधाई समेत नभनी आफ्नो बाटो लाग्नुभयो।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij