Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओलीलाई घेर्न भएभरका कम्युनिष्ट पार्टी एक हुँदै, ओलीलाई पछार्न यसरी कसिँदैछ चार सुर

ओलीलाई घेर्न भएभरका कम्युनिष्ट पार्टी एक हुँदै, ओलीलाई पछार्न यसरी कसिँदैछ चार सुर


  • 7.6K
    Shares

    ओलीलाई घेर्न भएभरका कम्युनिष्ट पार्टी एक हुँदै, ओलीलाई पछार्न यसरी कसिँदैछ चार सुर

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच बृहत् कम्युनिस्ट एकताबारे छलफल भएको छ। माओवादी केन्द्रका अध्यक्ष दाहाल, नेकपा महासचिव विप्लव र एमाले वरिष्ठ नेता नेपालबीच बिहीबार नेपाल निवास कोटेश्वरमा यसबारेमा छलफल भएको हो।

    दाहाल र चन्द नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए। नेताहरुबीच बृहत् कम्युनिस्ट एकताबारे छलफल भएको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए। भेटमा अध्यक्ष दाहालले विगतमा पनि आफूले बृहत् कम्युनिस्ट एकताका लागि गरेको पहल विफल भए पनि अब नयाँ ढंगले कम्युनिस्ट पार्टीबीच एकता गरेर अघि बढ्न सकिने बताएका थिए। 

    विप्लव नेतृत्वको नेकपा र अघिल्लो सरकारबीच तीन बुँदे सहमति भएको थियो। त्यसपछि नेकपाले हिंसात्मक गतिविधि छाडेर प्रतिस्पर्धात्मक राजनीतिमा संलग्न हुन थालेको छ। सरकारसँग भएको सहमतिअनुसार नेकपाका २० जना जति नेताकार्यकर्ता रिहा भएका छन्। अझै १३० भन्दा बढी कार्यकर्ता विभिन्न अभियोगमा थुनामा छन्।

    सरकारसँग भएको सहमतिअनुसार नेकपाका २० जना जति नेताकार्यकर्ता रिहा भएका छन्। अझै १३० भन्दा बढी कार्यकर्ता विभिन्न अभियोगमा थुनामा छन्।

    अघिल्लो सरकारसँग भएको सहमति कार्यान्वयन गर्दै नेता कार्यकर्तालाई रिहाइ गर्ने विषयमा नेताहरूसँग छलफल गरिएको भेटमा सहभागी विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले जानकारी दिए। अर्धभूमिगत राजनीतिक जीवनबाट खुला राजनीतिमा आएका विप्लवले पछिल्लो समय वामपन्थी नेताहरुसँगको भेटघाटलाई तीवता दिइरहेका छन्। यस्तै बृहत् कम्युनिस्ट एकताबारे पनि छलफल भएको छ।

    विप्लव र दाहालबीच बुधबार पनि यसबारे छलफल भएको थियो। माओवादी सशस्त्र युद्धका सैन्य कमान्डर चन्द र सुप्रिम कमान्डर दाहालबीच २०७० पछि पहिलोपटक प्रत्यक्ष कुराकानी भएको हो। प्रचण्ड,माधव,विप्लब सहित सीपी मैनालीको माले समर जोडेर छुट्टै पार्टी घोषणा गर्ने तयारी हुँदैछ। ओलीलाई एक्ल्याएर छुट्टै कम्युनिष्ट पार्टी बनाउने तयारी भएको हो। नारायण मान बिजुक्छेले भने ओलीलाई समर्थन गरेका छन्। 

    प्रकाशित मिति :आषाढ ३१ २०७८ बिहिवार - १२:३७:२६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij