२०८२ माघ १५ गते बिहिवार
नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाले बिहीबार दिउँसो २ बजेका लागि बैठक बोलाएका छन् । बैठक बोलाएर देउवा माधव नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका छन्। सरकारमा सहभागी हुने निम्तो दिन र सहकार्य मजबुत बनाउने प्रस्ताब गर्न देउवा नेपाल भेट्न पुगेका हुन्।
सरकारका प्राथमिकता, मन्त्रिमण्डल विस्तार र पार्टीको १४ औै महाधिवेशनका लागि छलफल गर्न पदाधिकारी बैठक बोलाइएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij