२०८२ माघ १५ गते बिहिवार
सर्वोच्च अदालतको परमादेश पछि प्रधानमन्त्री बाट हटेको केपी शर्मा ओली आज सरकारी निवास बाट निजी निवास बालकोट सरे। तामझाम सहित बालकोट भित्रिएर बार्दली बाट कार्यकर्तालाई सम्बोधन गर्दै लबस्तरो माधव नेपाललाई एमालेमा ठाउँ नभएको जानकारी गराए। हुन् त माधव नेपालको गतिबिधीले पनि उनी ओली संगै रहन्छन भन्ने देखाउंदैन।
देशमा उत्पन्न नयाँ राजनीतिक घटनाक्रमले एकीकृत कम्युनिस्ट पार्टी गठनको तयारी भएको छ । एकीकृत कम्युनिस्ट पार्टी गठनका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष बामदेव गौतमले तयारी थालेका हुन् ।
विश्वस्त स्रोतका अनुसार प्रचण्ड, नेपाल र गौतमबीच विभिन्न चरणमा छलफल भइसकेको छ । उनीहरुले वृहत कम्युनिस्ट पार्टी गठनको खाका तयार गरेका छन् । सकेसम्म नेकपा एमालेको ओली खेमालाई पनि समेटेर पुनः पार्टी एकीकरणको प्रयास थाल्ने विषयमा पनि कुराकानी भएको बुझिएको छ । त्यसका लागि गौतमले अन्तिम प्रयास गर्ने बुझिएको छ ।
ओली समूह एकतामा आउने सम्भावना न्यून छ । त्यस्तो अवस्थामा पनि माओवादी केन्द्र र एमालेको नेपाल र गौतम समूह मिलेर एकीकृत कम्युनिस्ट पार्टी गठन गरेर बढ्नेबारे लगभग सहमति बनिसकेको बुझिएको छ ।
उपचारका क्रममा रहेको एमाले वरिष्ठ नेता झलनाथ खनालसँग पनि नेपाल र प्रचण्डले सम्पर्क गरिरहेको बुझिएको छ । उनी पनि वृहत कम्युनिस्ट पार्टी बनाएर जाने पक्षमा रहेको बुझिएको छ ।
ओलीको सेखी झार्न कांग्रेस संग मिलेर आउने चुनाब लड्ने प्रचण्ड,माधव र बामदेवको दाउ छ। ओलीको पार्टीलाई पत्ता साफ गर्ने भन्दै भित्र भित्रै रणनीति बनेको श्रोतको भनाई छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij