Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओलीको आदेशपछि युथ फोर्सले माधव नेपालको घर घेर्दै, माधव प्रति किन मुर्मुरिए ओली ?

ओलीको आदेशपछि युथ फोर्सले माधव नेपालको घर घेर्दै, माधव प्रति किन मुर्मुरिए ओली ?


  • 5.1K
    Shares

    ओलीको आदेशपछि  युथ फोर्सले माधव नेपालको घर घेर्दै, माधव प्रति किन मुर्मुरिए ओली ?

    नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली समूहका युवाहरुले नेता माधव नेपालको घर घेर्ने तयारी गरेका छन् । हिजो ब्युताईएको युथ फोर्सले  नेपालको घर घेर्ने भएको हो। 

    सुरक्षा स्रोतका अनुसार ओलीलाई बुधबार बालुवाटारबाट बालकोट पुर्‍याएको युवा दस्ताले कोटेश्वरस्थित नेपालको घर घेर्ने तयारी गरेको हो ।

    सुरक्षा स्रोतका अनुसार युवाहरुको टोलीलाई माधव नेपालको घरतर्फ जानबाट रोक्न प्रहरी परिचालन गरिएको छ ।

    आज मात्रै बालकोट पुगेका ओलीले नेता नेपाललाई एमालेमा कुनै स्थान नभएको बताएका थिए । ओली समूहका युवाहरुले भने नेपाललाई फाँसी दिन माग गरेका थिए । ओली संगको सल्लाहमै माधव नेपालको घर घेरिने भएको हो। 

    उता बालकोटमा ओलीले अदालतबाट प्रधानमन्त्री तोक्ने कहीँ नभएको जात्रा नेपालमा भएको बताएका छन्। 

    प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास बालकोट पुगेका ओलीले सम्बोधन गर्दै जालझेल गरेर अदालतमा मुद्दा हालेर जनतामा जान नदिएर जनताको बाटो छेकिएको बताए। 

    'नेपाली जनताको अधिकार खोसिएको छ। नेताको मूल्याङ्कन गर्ने अधिकार खोसेर अदालतबाट प्रधानमन्त्री तोक्ने विश्वमा कहाँ नभएको जात्रा नेपालमा भएको छ,' ओलीले भने, 'आफूले गरेका कामको आत्मविश्वासका साथ जिम्मेवारी लिन जान्छौं। चुनाव हारेर प्रधानमन्त्रीबाट म हटेको होइन।' ओलीले एमालेमा माधव नेपाललाई ठाउँ नभएको बताई सकेका छन्। 

    प्रकाशित मिति :आषाढ ३० २०७८ बुधवार - १५:३८:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij