Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

अर्थमन्त्री जनार्दनले माओवादीलाई यसरी दिंदैछन् अभयदान, पहिलो निर्णयले नै देखाए काम

अर्थमन्त्री जनार्दनले माओवादीलाई यसरी दिंदैछन् अभयदान, पहिलो निर्णयले नै देखाए काम


  • 14.7K
    Shares

    अर्थमन्त्री जनार्दनले माओवादीलाई यसरी दिंदैछन् अभयदान, पहिलो निर्णयले नै देखाए काम

    नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले देउवा सरकारमा अर्थमन्त्रीको सपथ लिंदा उनी चार पटक मन्त्री हुनेको सूचीमा दरिए। शान्ति मन्त्रालय,उर्जा मन्त्रालय र गृह मन्त्रालयको जिम्मेवारी सम्हालिसक्दा उनमा खोट लगाउने ठाउ कसैले पाएनन्। उर्जा मन्त्री हुँदा लोडसेडिंग अन्त्य गराएर वाही-वाही नै पाए। 

     नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले आज पदभार ग्रहण गरेका छन्। अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै अर्थमन्त्री शर्माले कोरोनाविरुद्धको खोप खरिदका लागि थप ५ अर्ब रुपैयाँ निकासा दिने पहिलो निर्णय समेत गरेका छन्।

    उनले पदभार ग्रहण गर्दै भने, ‘सरकार कोरोना महामारीमा जनताको जीवन रक्षामा केन्द्रित रहन्छ।’ आज नै उनले स्वास्थ्यकर्मीहरुलाई जोखिमभत्ताका लागि रकम स्वीकृति सदर समेत गरेका छन्। नयाँ मन्त्रिपरिषदको मंगलबार बेलुका बसेको पहिलो बैठकले चैत महिनाभित्र सबै नेपालीलाई खोप उपलब्ध गराउने निर्णय गरेको थियो।

    शर्माले अघिल्लो पटक मन्त्री हुँदा गरेका काम झैँ यो पटक पनि झन् उल्लेख्य काम गर्नेमा माओवादी अध्यक्ष प्रचण्ड समेत आशावादी छन्।  माओवादीको गिर्दो साखलाई शर्माले अभयदान दिनेमा माओवादी आशावादी रहेको अर्थ मन्त्रालयका एक उपसचिवले खबर सेन्टरलाई बताए। 

    प्रकाशित मिति :आषाढ ३० २०७८ बुधवार - १३:१५:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij