२०८२ माघ १५ गते बिहिवार
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली ४० महिनापछि सरकारी निवास बालुवाटारबाट तामसाझ सहित बाहिरिएका छन्। ओली बालुवाटारबाट बालकोटका लागि निस्किएका हुन्।
युवा संघले ओलीलाई मोटरसाइकल र गाडीको स्कर्टिङसम्म बालकोटमा स्वागत गर्ने तयारी गरेको छ। ओलीको सवारी हुने सडकमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ।
सरकारी निवासभित्रबाटै एमालेका कार्यकता ओलीको गाडीको पछाडि हर्न बजाउँदै निस्किएका छन्। र्यालीका कारण राजधानीका सडक अवरुद्ध हुँदा ट्राफिक व्यवस्थापनमा समस्या देखिएको छ। सर्वोच्च अदालतको मंगलबारको आदेशपछि ओलीको प्रधानमन्त्री पद गुमेको हो।
२०७४ को चुनाबमा धनगढी पुगेर कांग्रेसका सभापति समेत रहेका तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवालाई कांग्रेसको अन्तिम प्रधानमन्त्री भनेका थिए। तर उनै ओलीले तिनै देउवालाई सत्ताको चाबी सुम्पिएर घर फर्किएका छन्। फेरी ओली प्रधानमन्त्री बन्ने सम्भावना कम छ कारण एमालेमा माधव नेपालले पार्टी विभाजनको कसरत गरिरहेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij