Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सभापति देउवा प्रधानमन्त्री भएकै भोलीपल्ट उपसभापति गच्छदारको यसरी हुँदैछ जेल यात्रा

सभापति देउवा प्रधानमन्त्री भएकै भोलीपल्ट उपसभापति गच्छदारको यसरी हुँदैछ जेल यात्रा


  • 4.7K
    Shares

    सभापति देउवा प्रधानमन्त्री भएकै भोलीपल्ट उपसभापति गच्छदारको यसरी हुँदैछ जेल यात्रा

    बालुवाटार जग्गाा प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार अदालत हाजिर भएका छन्। 

    विशेष अदालतमा केहिबेर अघि हाजिर भएका उनको बहस हुनेछ। त्यसअघि थुनछेक हुनेछ।

    बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो।

    बुधबार बिशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीश अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेय रहेको इजलासमा थुनछेक बहस हुनेछ।

    यसअघि अदालतले म्याद तामेल गर्नै एक वर्ष लगाएको थियो। तर म्याद तामेल गर्दा प्रक्रिया नमिलेपछि विशेष अदालतले दोस्रो पटक काठमाडौंस्थित निवासमा म्याद तामेल गरेको थियो। 

    त्यसपछि पनि फरार रहँदै आएका गच्छदार बुधबार भने आफैँ उपस्थित भएका हुन्। 

    गत फागुन २३ गते विशेष अदालतले सुनसरीस्थित उनको घरमा म्याद तामेल गरेको थियो। अदालतले १५ दिनभित्र उपस्थित हुन म्याद तामेल गरे पनि गच्छदार उपस्थित भएका थिएनन्। 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते उनीसहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

    उनको घरमा म्याद टाँस गर्नुअघि म्याद तामेल गर्न पठाइएकामा म्याद बुझ्न गच्छदारले अस्वीकार गरेका थिए।

    सरकारी जग्गा कीर्ते गरेर व्यक्तिको नाममा पास गराउने कार्यमा गच्छदार संलग्न रहेको अख्तियारको आरोप छ। 

    भ्रष्टाचारको आरोप लागेसँगै गच्छदार सांसदबाट निलम्बन भइसकेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐनको दफा १७ अनुसार सार्वजनिक पदधारण गरेको व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा चलेमा छिनोफानो नहुन्जेल निलम्बन हुने व्यवस्था छ।

    माधवकुमार नेपाल प्रधानमन्त्री छँदा गच्छदार भौतिक पूर्वाधारमन्त्री थिए। गच्छदारले नै बालुवाटारको जग्गा सट्टापट्टा गरेर सडक विस्तार गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेस गरेका थिए। सोही समयमा सरकारी जग्गा व्यक्तिको नाममा पुगेको थियो।

    तर गच्छदारले आफूले विभागीय मन्त्रीका हिसाबमा प्रस्ताव लगे पनि आफ्नो कुनै संलग्नता नरहेको र मन्त्रिपरिषद्ले नै निर्णय गरेको सार्वजनिक रूपमा बताउने गरेका छन्।

    यसअघि गत कात्तिक २२ गते अख्तियारले गच्छदारसँग बयान लिएको थियो।

    ललिता निवासको १ सय १३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा बनाई हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेढ वर्षपहिले माघमा विशेष अदालतमा १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरेको हो।

    त्यसमा पूर्वमन्त्री, उच्च अधिकारीलगायतलाई अभियुक्त बनाइएको छ। मुद्दाबारे विशेष अदालतले सुनुवाइ गरिरहेको छ। कोही धरौटीमा छुटेका छन् भने कोही पुर्पक्षका लागि थुनामा छन्।

    गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ मागदाबीसहित विशेष अदालतमा मुद्दा दर्ता छ। यस अघि सोही मुद्दामा बिजय मंत्री हुँदा का सचिव दिप बस्नेत जेल परेर धरौटीमा छुटेका छन्। त्यस आधारमा गच्छेदार पनि आज जेल जान सक्ने सम्भावना प्रवल छ। 

    प्रकाशित मिति :आषाढ ३० २०७८ बुधवार - १२:१७:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij