२०८२ माघ १५ गते बिहिवार
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नयाँ सरकार केपी ओली प्रवृत्तिको विकल्प बन्नुपर्ने बताएका छन्। उनले आचरण, कार्यक्षमता, कार्यशैली, चारित्रिक तथा नैतिक दृष्टीले पनि अबको सरकार ओली प्रवृत्तिको विकल्प बन्नुपर्ने सुझाव दिएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा राख्दै पौडेलले भ्रष्टचारलाई शून्य सहनशिलतामा लैजान पनि वर्तमान सरकार सबल बन्नुपर्ने र त्यसका लागि अख्तियारलाई ओली सरकारले बनाएको सरकारी छायाँबाट मुक्त गराउनुपर्ने बताएका छन्।
अबको सरकारले ओली सरकारले गरेका असंवैधानिक नियुक्तीको खारेजी, लोकतान्त्रिक मर्ममाथि प्रहार गर्ने अध्यादेश तथा कानुनहरुको खारेजीको काम तत्काल थाल्नुपर्ने पौडेलको सुझाव छ।
‘सरकारलाई अब साँच्चै समाजवादी चरित्रको बनाउनका लागि आम नागरिकका समस्यालाई सम्बोधन गर्ने काम सरकारले फटाफट गर्नुपर्छ। संविधानसभाबाट बनेको संविधानले नागरिकलाई दिएका अधिकारहरु कार्यान्वयन गर्ने दिशामा सरकार अगाडि बढ्नुपर्छ।’, पौडेलले शेरबहादुर देउवालाई बधाई दिँदै भनेका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij