Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सुर्य थापाले सरकार ढाल्ने गद्दार भन्दै सार्वजनिक गरे एमाले भित्रका २३ जनाको नाम

सुर्य थापाले सरकार ढाल्ने गद्दार भन्दै सार्वजनिक गरे एमाले भित्रका २३ जनाको नाम


  • 5.0K
    Shares

    सुर्य थापाले सरकार ढाल्ने गद्दार भन्दै सार्वजनिक गरे एमाले भित्रका २३ जनाको नाम

    काठमाडौँ । पूर्वप्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले एमाले सरकार एमालेभित्रका २३ जनाको गद्दारीले ढलेको आरोप लगाएका छन् ।

    आज बिहानै ट्‍वीट गर्दै थापाले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई समेत कांग्रेस सभापति शेरबहादुर देउवाको वैशाखी बनेको भनेका छन् । ‘नेकपा एमाले र अध्यक्षको नेतृत्वको सरकार ढालेर शेरबहादुर देउवाको वैशाखी बन्‍ने र पहिलो बधाई दिन आतुर माधव कुमार नेपालको निम्ति त यो हर्षविभोर क्षण होला !’, थापाले ट्‍वीटमा भनेका छन् ।

    ‘जनादेश विपरित परमादेशबाट श्री शेवदेको प्रममा नियुक्ति “हलो ताछी मुङ्ग्रो” बनाए जस्तै हो । यिनै २३ को गद्दारीको परिणाम त हो !’ भन्दै उनले सरकार ढाल्ने २३ नेताको नामसमेत सार्वजनिक गरेका छन् ।

    पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालका विरुद्ध बेला–बेला कटु आलोचना गर्दै आएका थापाले २३ गद्दारीको परिणाम भन्दै वरिष्ठ नेता नेपालसहित झलनाथ खनाल, डा.भिम रावल,रामकुमारी झाँक्री, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, सोमप्रसाद पाण्डे, विरोध खतिवडा, मेटमणि चौधरीलगायतको नाम सार्वजनिक गरेका छन् ।

     

    प्रकाशित मिति :आषाढ ३० २०७८ बुधवार - ०८:२३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij