Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कार्यदलको मस्यौदा नेपालले हुर्याइदिए,बिखलन्दमा परेको कार्यदल सिंहदरबारमा के गर्दैछ ?

कार्यदलको मस्यौदा नेपालले हुर्याइदिए,बिखलन्दमा परेको कार्यदल सिंहदरबारमा के गर्दैछ ?


  • 5.7K
    Shares

    कार्यदलको मस्यौदा नेपालले हुर्याइदिए,बिखलन्दमा परेको कार्यदल सिंहदरबारमा के गर्दैछ ?

    सर्वोच्च अदालतमा विचाराधिन रिटलाई प्रभावित पार्ने कुनै पनि सम्झौता नगर्ने  एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । बिहान आफ्‍नो समूहका कार्यदल सदस्यहरूसँग नेता नेपालले अदालतमा विचाराधिन रिटलाई प्रभावित पार्ने कुनै पनि सम्झौता नगर्ने बताएका हुन् ।

    कार्यदलका सदस्यहरू सहमतिका लागि तयार पारेको मस्यौदामा नेपालको सहमति खोज्‍न बिहान नेपाल निवास पुगेका थिए । मस्यौदामा अदालतमा विचाराधिन रिट प्रभावित पार्ने शव्दावलीमा सम्झौता नगर्ने भन्दै फर्काएका हुन् । 

    शनिबार कार्यदलले तयार पारेको मस्यौदामाथि सहमति जुटाउन आफ्नो निवासमा आएका आफ्‍नो समूहका कार्यदल सदस्यहरूलाई शब्दावलीमा असहमति जनाएर फिर्ता पठाएका हुन् । 

    कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । नेपाल निवासमा पुगेका एक कार्यदल सदस्यले भने, 'उहाँले शव्दावलीमा असन्तुष्टी जनाउनुभयो । सच्याउन भन्नुभएको छ । हामीले त्यो विषय कार्यदल बैठकमा राखेका छौं ।'

    आफ्‍नो अडानमा टसमस नगर्ने नेपालले बताउँदै आएका छन् ।


    कार्यदलमा भएको भनिएको सहमतिमा हस्ताक्षर गर्न नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा बसिरहेको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा आइतवार बिहान सवा ९ बजे कार्यदलको बैठक बसिरहेको हो ।


    कार्यदलमा भएको सहमतिलाई भाषिकरूपमा मिलाएर हस्ताक्षर गरिने कार्य दलका एक संयोजक सुवास नेम्वाङले जानकारी दिए । कार्यदलको बैठकअघि माधव नेपाल पक्षका सदस्यहरूले नेता नेपालसँग परामर्श गरेका थिए । 

    ‘कार्यदलमा सहमति भएको विषयमा अहिले बस्ने बैठकमा हस्ताक्षर गर्दैछौं । आजै स्थायी कमिटी बैठक राख्न पनि सुझाव दिएका छौं,’ नेम्वाङले भने । ६ दिन लामो छलफलपछि कार्यदल पार्टीमा देखिएको विवाद समाधान गर्न सफल भएको सदस्यहरूले बताएका छन् ।

    कार्यदलका सदस्य गोकर्ण विष्टले आइतवार बिहान पार्टी कार्यकर्तालाई सकारात्मक सन्देश दिने बताएका थिए । 

    कार्यदलमा भएको सहमतिलाई पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपाललाई बुझाइने एक सदस्यले जानकारी दिए । 

    पार्टी विवाद मिलाउन संस्थापन पक्षबाट नेम्वाङ र माधव नेपाल पक्षबाट भीम रावलको संयोजकत्वमा जेठ २ गते पाँच–पाँचजना सदस्य रहनेगरी कार्यदल गठन गरिएको थियो । कार्यदलमा सहमति भएसँगै ५ महिना लामो एमाले विवाद टुंगिने अपेक्षा गरिएको छ ।

    प्रकाशित मिति :आषाढ २७ २०७८ आइतवार - ११:४३:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij