Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

माधव नेपाल बाट गुरुमन्त्र लिएर आएपछि ३ घण्टा ढिलो गरी एमाले कार्यदलको बैठक सुरु

माधव नेपाल बाट गुरुमन्त्र लिएर आएपछि ३ घण्टा ढिलो गरी एमाले कार्यदलको बैठक सुरु


  • 6.8K
    Shares

    माधव नेपाल बाट गुरुमन्त्र लिएर आएपछि  ३ घण्टा ढिलो गरी एमाले कार्यदलको बैठक सुरु

    नेकपा एमाले विवाद समाधान कार्यदलमा व‍रिष्ठ नेता माधवकुमार नेपाल पक्षका कार्यदल सदस्यहरू नेता नेपालसँग छलफल गरी सिंहदरवार फर्किएपछि कार्यदल बैठक सुरु भएको छ। 

    शनिबार दिउँसो २ बजे कार्यदल बैठकस्थल अर्थ मन्त्रालय पुगेका नेताहरू बैठक सुरु नै नगरी नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका नेपाल पक्षका कार्यदल सदस्यहरू सिंहदरवार फर्किएपछि बैठक सुरु भएको हो। 

     साढे २ बजे बस्ने तय गरिएको बैठक अपराह्न करिब ४ बजेर ५० मिनेटमा मात्र सुरु भएको हो । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बैठक जारी छ ।

    माधवकुमार नेपालपक्षीय नेताहरु कोटेश्वरबाट फर्किएपछि बैठक सुरु भएको हो । यसअघि, कार्यदलमा नेपाल पक्षबाट संयोजकसमेत रहेका भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायत नेताहरु नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । बैठकस्थलमा उपस्थित भएर पनि उनीहरु बैठक नबसी त्यतातिर लागेका थिए ।

    प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरु भने बैठकस्थलमै बसेका थिए ।

    यसअघि, आजै कार्यदलमा ओली पक्षबाट संयोजकसमेत रहेका नेता सुवास नेम्वाङ र सदस्य विष्णु पौडेल तथा संयोजक रावलबीच सिंहदरबारमै केही बेर छलफल भएको थियो । नेताहरुले आज दुई पक्षबीच सहमति हुने बताउँदै आएका छन् ।

    प्रकाशित मिति :आषाढ २६ २०७८ शनिवार - १७:१८:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij