Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओलीले कस्तो चारो हालेर कार्यदल मार्फत थापे बल्छी ? कसरी कस्सियो विवादको जुईनो ?

ओलीले कस्तो चारो हालेर कार्यदल मार्फत थापे बल्छी ? कसरी कस्सियो विवादको जुईनो ?


  • 5.5K
    Shares

    ओलीले कस्तो चारो हालेर कार्यदल मार्फत थापे बल्छी ? कसरी कस्सियो विवादको जुईनो ?

    नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको आज (शनिबार) को बैठकले निष्कर्ष निकाल्ने दाबी गरिएको छ। कार्यदलमा रहेका दुवै पक्षका नेताहरुले नै यस्तो दाबी गरेका छन्।  सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवादित विषय निष्कर्षमा पुर्‍याउने बताइएको छ। 

    शुक्रबार करिब ८ घण्टा बसेको बैठकले सबै विषयमा सहमति गरिसकेको नेताहरुले दाबी गरेका थिए। एमाले प्रवक्ता प्रदीप ज्ञवालीले सहमति भइसकेको र भाषागत परिमार्जनको काम मात्र बाँकी रहेको बताएका थिए। कार्यदलका एक सदस्यले बताएअनुसार अन्य विषयमा सबै सहमति टुंगेको र संसद विघटनविरुद्ध अदालतमा पेश गरेको हस्ताक्षरको विषयमा मात्रै कस्तो भाषा प्रयोग गर्ने भन्ने विषय टुंगिन बाँकी छ।

    ‘पार्टी जेठ २ मा फर्किनेलगायतका विषयमा सहमति भइसकेको छ,’उनले भने, ‘हस्ताक्षरको विषय मात्रै हो, त्यसमा पनि मोटामोटी सहमति भइसकेको छ। तर, भाषा कस्तो प्रयोग गर्ने भन्ने कुरा हो त्यो आज सकिन्छ र सहमति हुन्छ।’

    नेताहरूले कार्यदल पार्टी एकतालाई जोगाउन सहमतिको नजिक पुगेको बताइसकेका छन्। एमाले स्रोतका अनुसार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली पनि हस्ताक्षर फिर्ता नभए पनि ठीकै छ भन्नेमा पुगिसकेका छन्। 
    ‘अब फैसला नै आउन लागेका बेला हस्ताक्षर फिर्ताको विषयले अर्थ राख्ने देखिएन’, एक नेता भन्छन्, ‘अदालतको फैसला जस्तो आउँछ त्यसलाई मानेर एकताबद्ध भएर जाने भन्ने भयो भने सहमति हुन समय लाग्दैन।’

    कार्यदलमा पनि अदालतको फैसला जस्तो आउँछ त्यसैअनुसार पार्टीलाई एकताबद्ध बनाएर लैजाने सहमति जुटेको छ। पार्टीभित्रको शक्ति सन्तुलनदेखि लिएर समानुपाति सहभागितालगायत अब पार्टीलाई विधि, पद्धतिका आधारमा अघि लग्ने विषयमा कार्यदलले टुंगो लगाई नै सकेको छ।

    यस्तै अर्को मुख्य विवाद देखिएको पूर्व माओवादी केन्द्रबाट एमाले बनेका नेताहरुको व्यवस्थापनको विषयमा पनि नेताहरु एमालेको विधान संशोधन गरेर त्यसबाट प्रक्रियाअनुसार नै उनीहरुको सम्मानजनक व्यवस्थापन गर्नेमा पनि सहमत भइसकेको बताइएको छ।

    प्रकाशित मिति :आषाढ २६ २०७८ शनिवार - १५:४५:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij