Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

काठमाडौंमा अलिसान घर भएका ओलीका यी भूपूमन्त्रीले कब्जा गरे मन्त्री क्वार्टर,को-को हुन् अटेरी ?

काठमाडौंमा अलिसान घर भएका ओलीका यी भूपूमन्त्रीले कब्जा गरे मन्त्री क्वार्टर,को-को हुन् अटेरी ?


  • 5.4K
    Shares

    काठमाडौंमा अलिसान घर भएका ओलीका यी भूपूमन्त्रीले कब्जा गरे मन्त्री क्वार्टर,को-को हुन् अटेरी ?

    प्रतिनिधिसभा विघटनपछि कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद् बिस्तार गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतले असार ८ गते विस्तारित मन्त्रिपरिषद्लाई काम गर्न नदिन अन्तरिम आदेश जारी गर्‍यो । अन्तरिम आदेश जारी भए लगत्तै जेठ २१ र २७ गते बिस्तार गरिएको मन्त्रिपरिषद्का मन्त्रीहरूको पद निष्क्रिय भयो । अर्थात् सर्वोच्चको आदेशले उनीहरू पदमुक्त भए । सिंहदरबार सुनसान भयो, तर मन्त्री निवास सुनसान हुन सकेन ।

    काठमाडौँमै अलिसान बंगाला भएका केही पूर्व मन्त्री हरुले मन्त्री निवास अझै कब्जा गरिरहेका छन्। हालसम्म पनि मन्त्री क्वार्टर छाडेको जानकारी नदिने र सामान नबुझाउने पूर्वमन्त्रीहरुमा तत्कालीन स्वास्थ्य मन्त्री शेर बहादुर तामाङ, कृषि तथा पशुपंक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग तथा वाणिज्य मन्त्री राजकिशोर यादव, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दाकुमारी चौधरी, खानेपानी तथा सरसफाइ मन्त्री अनिलकुमार झा, वन तथा वातावरण मन्त्री नारदमुनि राना र श्रम तथा रोजगार मन्त्री विमलप्रसाद श्रीवास्तव छन् ।

    शेरबहादुर तामांगको गोकर्णमा आफ्नै घर छ। त्यस्तै राजकिशोर यादवको गौरीघाटमा अलिसान घर छ। चन्दा चौधरीको पनि बानेश्वर आसपास घर छ। अनिल झाको रानीबारीमा चार तल्ले डरलाग्दो घर छ भने बिमल श्रीवास्तब बिरगंजका ब्यापारी हुन् उनको त झन् राजधानीमा तीन वटा घर छन्। नारदमुनी राना घट्टेकुलोमा डेरा गरेर बस्ने भएपनि उनले मन्त्री क्वार्टर कब्जा गरिरहेकै छन्। प्रचण्डलाई त्यागेर एमाले बनेपछि प्रदेश साम्सद गुमाएर केन्द्रको मन्त्री बनेकी ज्वाला साहको पनि डेरा छ तर आफ्नै बपौती सम्पति झैँ गरी उनले पनि मन्त्री क्वार्टर छोडेकी छैनन्। 

     

    प्रकाशित मिति :आषाढ २६ २०७८ शनिवार - १२:३३:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij