२०८२ माघ १५ गते बिहिवार
मन्त्री पद पाउने भएपछि प्रचण्डलाई किक हानेर एमाले छिरेका पूर्व माओबादी नेताको बिल्लीबाठ भएको संकेत स्वयं उनीहरुकै क्रियाकलापले पुष्टी गर्न थालेको छ। नेकपा (माओवादी केन्द्र) परित्याग गरि एमालेमा प्रवेश गरेका नेताहरु अहिले धर्मसंकटमा छन् । रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणिचन्द्र थापा र गौरीशंकर चौधरीलगायतका नेताहरु अहिले एमालेमा छन् । तर, नेकपा एमालेको दुवै पक्ष मिल्ने चरणमा पुगेका छन् । यसले, माओवादी केन्द्र परित्याग गरी एमाले प्रवेश गरेकाहरुलाई अप्ठ्यारो परेको छ ।
रौतहटका प्रभु साहले त एमालेमा अब नरहने र वापन्थीहरुको छुट्टै गठबन्धन बनाएर अघि बढ्नुपर्ने प्रस्ताव राखेका छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष उनले आफूहरु अब एमालेमा ररिहन नसक्ने सुनाएका हुन् । बरु, ओलीकै नेतृत्वमा वामपन्थीहरुको छुट्टै मोर्चा बनाउनुपर्ने उनको प्रस्ताव छ ।
उक्त मोर्चामा माओवादी खेमाका नेताहरुलाई पनि समावेश गर्ने र प्रचण्डलाई कमजोर पार्ने उनको रणनीति छ । प्रचण्डलाई राजनीतिक रुपमा सिध्याउन आफु काफी रहेको तर आफुले भनेको मान्न राजी हुनुपर्ने माग ओली समक्ष साहले राखेका छन्। ओली संग सल्लाह गरेरै प्रभुकै डिजाइनमा माओवादी खारेक गर्न निर्वाचन आयोगमा उजुरी गरेको श्रोतको भनाई छ। प्रभुले कानुनमै स्नातक गरेको र पूर्व कानून मन्त्री समेत भएकाले आफुलाई प्रधानमन्त्रीले सहयोग गरे प्रचण्डको पार्टी क्षत-विक्षत बनाउने बताएका छन्। पछिल्ला दिनमा ओली र प्रभुको प्रचण्ड सिध्याउने मिसन तिब्र बनेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij