Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

देउवालाई घेराबन्दी गर्न आज चार बजे पौडेल समुहको बैठक,सभापति बन्न नदिन लगाइदैछ यसरी ‘लक्’

देउवालाई घेराबन्दी गर्न आज चार बजे पौडेल समुहको बैठक,सभापति बन्न नदिन लगाइदैछ यसरी ‘लक्’


  • 5.1K
    Shares

    देउवालाई घेराबन्दी गर्न आज चार बजे पौडेल समुहको बैठक,सभापति बन्न नदिन लगाइदैछ यसरी ‘लक्’

     नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक बस्दैछ। आसन्न महाधिवेशनमा साझा उम्मेदवार बनाउने विषयमा छलफल गर्न संस्थापनइतर समूहको बैठक बस्न लागेको हो।

    साझा उम्मेदवार चयन गर्ने विषमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट सभापतिका आकांक्षीहरूबीच शुक्रबार ४ बजे छलफल हुनलागेको हो।

    पौडेल समूहबाट पौडेलका साथै महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य शेखर कोइराला र कल्याण गुरुङले सभापतिका लागि दावेदारी प्रस्तुत गरेका छन्। यसका साथै पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र नेता रामशरण महतले पनि सभापतिमा आकांक्षा राखेका छन्।

    सभापतिमा साझा उम्मेदवार बनाउने प्रयासस्वरुप छलफल बोलाइएको पौडेल समूहका एक नेताले जानकारी दिए।

    नेता अर्जुननरसिंह केसीको पहलमा सभापतिका सबै आकांक्षीलाई एकै ठाउँमा राखेर छलफल गर्न लागिएको उनले बताए।

    कांग्रेस महाधिवेशन भदौ १६–१९ सम्म काठमाडौंमा हुँदैछ। संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा दोहिरिने तयारी गरिरहेका छन् भने उपसभापति विमलेन्द्र निधिले पनि सभापतिका लागि दाबेदारी गरेका छन्।

    प्रकाशित मिति :आषाढ २५ २०७८ शुक्रवार - १३:५७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij