२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । चौधौं महाधिवेशनमा संस्थापन पक्षबाट सभापतिको साझा उम्मेदवार तय गर्न भन्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरूको बैठक शुक्रवार बस्दैछ ।
शुक्रवार अपराह्न चार बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा पौडेल समूहका सभापतिका आकाङ्क्षीहरूबीच छलफल हुन लागेको हो ।
संस्थापन इतरबााट साझा उम्मेदवार तय गर्नका लागि दबाब दिन भन्दै बत्तीसपुलतीस्थित एक पार्टी प्यालेसमा भेला आयोजना गरिएको पौडेल पक्षका एक नेताले जानकारी दिए ।
भेलामा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, डा. शेखर कोइराला, प्रकाशमान सिंहलगायत नेतालाई बोलाइएको छ ।
कांग्रेसमा नेतृत्व परिवर्तनका लागि उपसभापति विमलेन्द्र निधि, शशांक र प्रकाशमान सिंहले पनि छलफल गर्दै आएका थिए । संस्थापनइतरबाट साझा उम्मेदवार बनाउन कार्यकर्ताको दबाब छ ।
कांग्रेस महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुँदैछ । सभापति शेरबहादुर देउवाले कार्यकाल दोहोर्याउने तयारी गरेपछि संस्थापन इतरका नेताहरू एक ठाउँमा जम्मा हुन लागेका हुन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij