Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरु पुगे निर्वाचन आयोग

माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरु पुगे निर्वाचन आयोग


  • 5.6K
    Shares

    माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरु पुगे निर्वाचन आयोग

    काठमाडौं । माओवादी केन्द्रको दल दर्ता खारेजी माग गरेका एमालेका पूर्वमाओवादी नेताहरू निवेदनमा भइरहेको प्रगति बुझ्न निर्वाचन आयोग पुगेका छन् ।

    टोपबहादुर रायमाझीको नेतृत्वमा प्रभु साह, मणि थापा र गौरीशंकर चौधरीलगायत नेताहरू ११ बजे निर्वाचन आयोग पुगेका हुन् । लेखराज भट्ट भने बिरामी भएका कारण नगएको बताइएको छ ।

    अधिवक्ता सरोज बुढाथोकीमार्फत बुधबार उनीहरूले माओवादी केन्द्रको दल दर्ता खारेजीको निवेदन आयोगमा दर्ता गराएका थिए । आयोगमा भइरहेको निवेदनमाथिको कारवाही बुझ्न आफूहरू गएको नेता लिलबहादुर थापाले जानकारी दिए।

    लामो समयसम्म महाधिवेशन नगराएकाले माओवादी केन्द्र अवैध भएको र उक्त पार्टीले आफूहरुमाथि गरेको कारवाही पनि अवैध हुने तर्क उनीहरूको छ। एमालेमा प्रवेश गरेसँगै माओवादीबाट कारवाही उनीहरूको सांसद पद खारेज भएको थियो ।

    प्रकाशित मिति :आषाढ २५ २०७८ शुक्रवार - १२:२९:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij