Logo

२०८२ फाल्गुण २४ गते आइतवार

२०८२ फाल्गुण २४ गते आइतवार

माओवादी केन्द्र खारेजीको निवेदन दिएको बादल समूह फेरि निर्वाचन आयोग जाँदै

माओवादी केन्द्र खारेजीको निवेदन दिएको बादल समूह फेरि निर्वाचन आयोग जाँदै


  • 6.4K
    Shares

    माओवादी केन्द्र खारेजीको निवेदन दिएको बादल समूह फेरि निर्वाचन आयोग जाँदै

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)को दलीय हैसियत खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराएको रामबहादुर थापा ‘बादल’समूहका नेता निर्वाचन आयोग जाने भएका छन्। 

    माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका बादल समूहका नेताहरु टोपबहादुर रायमाझी, मणि थापा र प्रभु साह आज ११ बजे निर्वाचन आयोग जान लागेका हुन्। 

    बुधबार माओवादी केन्द्रको दलीय हैसियत खारेजीको निवेदन आयोगमा दर्ता गराएका उनीहरु पुन: आयोग जान लागेका हुन्। 

    माओवादी केन्द्र अवैधानिक हो भन्ने उजुरी दिएको विषयमा आयोगमा के भइरहेको छ भन्ने जानकारी लिनका लागि आयोग जान लागेको नेकपा एमालेका स्थायी कमिटी सदस्य मणि थापाले जानकारी दिए। 

    संविधान र कानुन बमोजिम नेकपा माओवादी केन्द्रको दलीय हैसियत कायम हुन नसक्ने भएकाले दल दर्ता खारेजी हुनुपर्छ भन्दै बुधबार रामबहादुर थापा समूहको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका थिए। 

    बादल पक्षबाट टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर थारुले माओवादी पार्टीले महाधिवेशन लगायत सम्पूर्ण गतिविधि नगरेकाले अवैधानिक दलले आफूहरुलाई कारबाही गर्न नसक्ने जिकिर गरेका छन्।

    माओवादीबाट एमाले प्रवेश गरेका राष्ट्रिय सभा सदस्य बादलसहित प्रतिनिधि सभाका चार सदस्यलाई यसअघि कारबाही गरिएको थियो। यस्तै, प्रदेश सभा सदस्य ८ जना र स्थानीय तहका १८ जना जनप्रतिनिधिलाई माओवावदीले कारबाही गरिएको थियो।

    प्रकाशित मिति :आषाढ २५ २०७८ शुक्रवार - ०९:५०:२७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij