Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

एमालेद्वारा कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध, असार २७ गतेलाई भयो तय

एमालेद्वारा कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध, असार २७ गतेलाई भयो तय


  • 4.7K
    Shares

    एमालेद्वारा कर्णाली प्रदेशसभाको बैठक अवरुद्ध, असार २७ गतेलाई भयो तय

    कर्णाली । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले कर्णाली प्रदेशसभाको विहीबारको बैठक अवरुद्ध गरेको छ । विहीबारको बैठक सुरु हुनबितिकै एमालेका प्रदेशसभा सदस्यहरु उठेर विरोध जनाएका थिए ।

    एमालेले पार्टीभित्रको विवाद समाधान नहुञ्जेलसम्म सदन चल्न नदिने जनाएका छन् । आफ्नो दलबाट सरकारमा सहभागी तीन मन्त्रीले राजीनामा दिनुपर्नेलगायतका माग राखेर एमालेले सदन अवरुद्ध गरेको हो ।

    बैठकमा एमाले सांसद तथा पूर्वमन्त्री दल रावलले आफ्नो पार्टीले उठाएको मुद्दाको उचित तवरले सम्बोधन हुनुपर्ने बताए । आफ्नो पार्टीले नैतिक ढंगले राजनीतिक मुद्दा उठाएको र यस बिषयमा प्रदेश सरकारले ध्यान दिन नसकेको उनले बताए ।

    उनले देशको अर्थतन्त्र मजबुद गराउनेदेखि सामाजिक सुरक्षाका कामहरु केपी ओली सरकारले मात्र गरेको बताए । उनले कर्णालीको अन्तराष्ट्रिय स्तरमा छवी विग्रनेगरी कर्णालीको सरकार अघि नबढोस् भन्दै सदनको कामकारवाही अघि बढाउन नदिने बताए ।

    सभामुखले पटक–पटक आसनग्रहण गर्न आग्रह गर्दा पनि एमालेका प्रदेशसभा सदस्यहरुले उठेर विरोध जनाएपछि असार २७ गते दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।

    माओवादी नेतृत्वको प्रदेश सरकारमा एमालेका तीन मन्त्रीहरु भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मरबहादुर थापा, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही र उद्योग, पर्यटन, बन तथा वातावरणमन्त्री नन्दसिंह बुढा सहभागी छन् ।

    फ्लोर क्रस गरेका प्रकाश ज्वालासहित तीन मन्त्रीलाई एमालेले कारबाही गरेको थियो । जेठ २७ गते सर्वोच्च अदालतले पदमुक्त भएका चारै जनालाई एमाले सांसदको रूपमा पदमै रहन अन्तरिम आदेश दिएपछि एमाले संसदीय दलको बैठकले मन्त्रीबाट फिर्ता आउन निर्देशन दिएको थियो ।

    यद्यपि तीनैजना मन्त्री सरकारबाट फिर्ता भएका छैनन् । उनीहरुले तत्काल सरकारबाट नहट्ने अडान लिएका छन् । जसले गर्दा एमालेले निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - १७:३९:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij