Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

नेपालले रावलको कान फुकेपछि एमालेको कार्यदल जर्याकजुरुक उठ्यो,घाम अस्ताएपछि फेरि बस्ने

नेपालले रावलको कान फुकेपछि एमालेको कार्यदल जर्याकजुरुक उठ्यो,घाम अस्ताएपछि फेरि बस्ने


  • 5.1K
    Shares

    नेपालले रावलको कान फुकेपछि एमालेको कार्यदल जर्याकजुरुक उठ्यो,घाम अस्ताएपछि फेरि बस्ने

    नेकपा एमालेको कार्यदलबीच अर्थमन्त्रालयमा भएको वार्ता सकिएको छ ।

    बैठक शुरू हुनुअघि भीम रावल नेता माधव नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । वार्तामा आफ्नो पक्षबाट प्रस्तुत हुनेबारे रणनीतिको लागि छलफल गर्न रावलले नेपाललाई भेटेको बताइएको छ ।

    रावल सिंहदरवार फर्केलगत्तै बसेको वार्ता केहीबेरमै अकिएको हो  । हिजो दिउँसो नेताहरूले विवाद समाधानउन्मुख भएको बताउँदै आजसम्ममा सहमति हुने बताएका थिए । फेरी आजै ७ बजे कार्यदल अर्थ मन्त्रालयमै बस्ने गरि सकिएको एक नेताले बताए।

    राति अबेरसम्म ओली र नेपाल दोस्रो तहका नेताहरूसहित छलफलमा बसेका थिए । तर, त्यो छलफलमा ठोस सहमति हुन भने सकेको थिएन । आज ७ बजे बस्ने बैठकले सहमतिको मस्यौदा तयार पार्ने र आजै ओली र नेपाललाई हस्ताक्षर गराउने श्रोतको भनाई छ।

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - १३:२६:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij