Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओली र नेपालले ल्याप्चे लगाउनु अघि मस्याैदालाई अन्तिम रुप दिन कार्यदल अर्थ मन्त्रालयमा जुट्यो

ओली र नेपालले ल्याप्चे लगाउनु अघि मस्याैदालाई अन्तिम रुप दिन कार्यदल अर्थ मन्त्रालयमा जुट्यो


  • 4.4K
    Shares

    ओली र नेपालले ल्याप्चे लगाउनु अघि मस्याैदालाई अन्तिम रुप दिन कार्यदल अर्थ मन्त्रालयमा जुट्यो

    नेकपा (एमाले)को विवाद समाधान गर्न गठित कार्यदलको बैठक सिंहदरबारमा सुरु भएको छ। औपचारिक बैठकअघि कार्यदलका सदस्यहरूबीच शीर्ष नेताबीच भएको संवादका विषयमा छलफल भएको थियो। 

    आजको बैठकमा आन्तरिक एकताको सहमति मस्याैदालाई अन्तिम रुप दिने नेताहरूको तयारी छ। 

    सोमबारदेखि लगातार बसिरहेको बैठक निष्कर्ष नजिक रहेको र आज एकता टुंगोमा पुग्नेगरी छलफल हुन सक्ने कार्यदलका सदस्यहरुले बताएका छन्। 

    बुधबार कार्यदल निष्कर्ष नजिक पुगेसँगै साँझ एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो।

    दुई नेताबीच मेरियट होटलमा झण्डै दुई घण्टा वान अन वान वार्ता भएको थियो। शीर्ष नेताहरुबीचको वार्तापछि कार्यदलका सदस्यहरु आशावादी देखिएका छन्।

    शीर्ष तहमा भएको संवाद सकारात्मक रहेपछि कार्यदलको पूर्वनिर्धारित बैठक बसेको। कार्यदलमा दुवै पक्षका पाँच/पाँच जना नेता छन्। ओली पक्षबाट सुवास नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल छन्। नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र रघु पन्त छन्। 

    प्रकाशित मिति :आषाढ २४ २०७८ बिहिवार - १२:३९:५९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij