Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

आइसोलेसन सेन्टर तथा कोविड उपचार सहकार्यका लागि मेयर शाक्य र उपत्यका पृतनाविच छलफल

आइसोलेसन सेन्टर तथा कोविड उपचार सहकार्यका लागि मेयर शाक्य र उपत्यका पृतनाविच छलफल


  • 4.0K
    Shares

    आइसोलेसन सेन्टर तथा कोविड उपचार सहकार्यका लागि मेयर शाक्य र उपत्यका पृतनाविच छलफल

    काठमाडौँ । कोविड नियन्त्रणका लागि साना साना इकाईमा क्वारेन्टीन, आइसोलेसन जस्ता संरचना बनाउँदा जनशक्ति र स्रोत व्यवस्थापन गर्न कठिन हुने भएकोले महानगरले संस्थागत सहकार्यमा संयन्त्र बनाउने महानगरका प्रमुख विद्यासुन्दर शाक्यको भनाइ छ । आज नेपाली सेना उपत्यका पृतना हेडक्वाटर नारायणहिटीमा बसेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, पृतनापति उपरथी आनन्द अधिकारी, महानगरकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठसहितका अधिकारीविच भएको बैठकमा प्रमुख शाक्यले यस्तो बताउनुभएको हो । 
    त्यस क्रममा उपत्यकामा बढिरहेको कोविडको संक्रमण रोकथामका नेपाली सेनाले गरिरहेको काम र थप प्रयासका बारेमा छलफल भएको थियो । 
    त्यस क्रममा कुरा गर्दै प्रमुख शाक्यले भन्नुभयो, ‘साना साना धेरै आइलोसन बनाइयो भने ती ठाउँमा अक्सिजनलगायत सामाग्री र जनशक्ति पु¥याउन कठिन हुन्छ । यस्ता ठाउँमा विरामीलाई सन्तोषजनक सेवा दिन पनि सकिँदैन । त्यहाँ कुनै कारण जोखिम सृजना भयो भने जिम्मेवारी लिने कोही हुँदैन । त्यसैले हामी नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र ठूला अस्पतालहरुसँग सहकार्य गरेर उहाँहरुसँग भएको क्षमता बढाउन चाहन्छौँ । यसरी तयार पारिएको ठाउँमा गरिने कोविडको उपचार संयन्त्र दिगो, भरपर्दो र प्रभावकारी हुन्छ ।’ उहाँले थप्दै भन्नुभयो, ‘काठमाडौँमा वडामा भएका आइसोलेसन सेन्टरमा विरामी पु¥याउन र ठूला अस्पतालमा पु¥याउन समयको हिसाब अन्तर हुँदैन । हाम्रो चाहना भनेको विरामीले समयमा भरपर्दो उपचार पाओस् भन्ने हो ।’
    छलफलमा आइसोलेसन सेन्टर सञ्चालन गर्न नेपाली सेनासँग महानगरको सहकार्य, स्रोत परिचालन, अहिले नेपाली सेनाले गर्दै आएको शव व्यवस्थापनमा महानगरको सहयोग, वीरेन्द्र सैनिक अस्पताल र महाङ्काल स्थित अस्पतालमा कोविड वार्ड सञ्चालन गर्नेलगायत बिषयमा छलफल भएको थियो । 
    त्यस क्रममा पृतनापति उपरथी अधिकारीले भन्नुभयो, ‘कोविड व्यवस्थापनमा नेपाली सेनाले सक्रियताका साथ काम गरिरहेको छ ।’ महामारी रोकथामका थप प्रयासका विषयमा कुरा गर्दै उहाँले भन्नुभयो, ‘अवस्था, सहजता र अनुकुलता हेरेर निर्णयहरुको समीक्षा र सुधार गर्दै जानुपर्छ ।’ 
    अहिले अक्सिजनको अभाव छैन । तर, चाहेको ठाउँमा पु¥याउन कठिन हुन सक्छ । व्यक्ति तथा उद्योगहरुले सिलिन्डर संचय गरेकाकारण यस्तो अवस्था आएको हो । बैठकमा उपरथी सीताराम खड्काले भन्नुभयो, अहिले अस्पताललाई पहिलो प्राथमिकता र उद्योगलाई दोस्रो प्राथमिकतामा राखेर अक्सिजन वितरण व्यवस्थापन मिलाउने हो भने समस्या देखिँदैन । खड्काले नेपाली सेनाकातर्फबाट सीसीएमसीमा प्रतिनिधित्व गर्नुहुन्छ । 
    बैठकमा पृतनाका चिफ अफ स्टाफ सहायक रथी कुमार लामा, मेडिकल सर्भिसका महानिर्देशक उपरथी देवेन्द्रबहादुर खत्री, सेनानी राजनसिंह अधिकारीसहित पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो । 
    वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कोविड नभएका विरामीको पनि उपचार गर्नु पर्ने भएकोले कोविडका लागि करीव २ सय वेड स्थापना गर्न सकिने बैठकमा बताइएको थियो । यसै गरी आवश्यकता र जटिलताका आधारमा महाङ्कालस्थित अस्पताल सञ्चालन गरिने अधिकारीहरुको भनाइ थियो । 
    आजै प्रमुख शाक्य, उपप्रमुख खड्गी श्रेष्ठ, वडा ३ का अध्यक्ष दिपक के. सी. सहित अधिकारीहरु त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको नवनिर्मित भवनमा कोविड उपचार कक्ष बनाउने विषयमा निरीक्षणका लागि जानुभएको थियो ।  

     

    प्रकाशित मिति :बैशाख २२ २०७८ बुधवार - १६:४९:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij