Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

७ बुँदे प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, यी हुन् मुख्य निर्णयहरु (पूर्णपाठसहित)

७ बुँदे प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, यी हुन् मुख्य निर्णयहरु (पूर्णपाठसहित)


  • 5.0K
    Shares

    ७ बुँदे प्रस्ताव पारित गर्दै एमाले केन्द्रीय कमिटी बैठक सम्पन्न, यी हुन् मुख्य निर्णयहरु (पूर्णपाठसहित)

    काठमाडौं । पार्टी विवाद चरमोत्कर्षमा पुगि फुटको अवस्थामा पुगेका बेला नेकपा एमालेको केन्द्रीय समिति बैठक सम्पन्न भएको छ । शुक्रवार र शनिवार सम्पन्न बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

    बैठकले पार्टी सदस्यताको नविकरण गर्नेदेखि विपक्षी गठबन्धनलाई सहयोग गर्ने एमाले सांसदहरुको हस्ताक्षर फिर्ता गर्नेसम्मका निर्णय गरेको छ । बैठकले विभित्र ७ वटा समसामयिक प्रस्तावहरू समेत पारित गरेको छ।

    यी हुन् बैठकका निर्णयहरु :

    १) पार्टी सदस्यताको नवीकरण २०७८ असार मसान्तसम्म गरिसकेर साउन ५ भित्र अभिलेख केन्द्रीय अभिलेखमा पठाइसक्नुपर्नेछ। यसबीचमा निधन भएका, निष्क्रिय बनेका, कारबाहीमा परेका र पार्टी परित्याग गरेकाहरूलाई हटाएर नवीकरण गर्नुपर्नेछ ।

    २) साउन २५९२७ सम्म पार्टीको विधान महाधिवेशन काठमाडौंमा गर्ने,त्यसनिम्ति पार्टी अध्यक्षको संयोजकत्वमा राजनीतिक प्रतिवेदन, महासचिवको संयोजकत्वमा संगठनात्मक प्रस्ताव, संगठन विभाग प्रमुखको संयोजकत्वमा विधान संशोधन र रामबहादुर थापा बादलको संयोजकत्मा व्यवस्थापन समिति गठन गर्ने जिम्मेवारी तोकिएको छ।

    ३) २०७८ भदौ ५ गते वडा र १५ गते पालिकास्तरीय पार्टी अधिवेशन आयोजना गर्ने तय गरिएको छ।

    ४) केन्द्रीय तहका ३२ वटा विभागहरूमा रहने सदस्यहरूको नाम अविलम्ब प्रस्तावित गरी स्थायी कमिटीको आगामी बैठकले विभागहरू गठनको अन्तिम निर्णय गर्नेछ । २०७९ वैशाख १० भित्र पार्टीको दशौं महाधिवेशन गरिसक्नुपर्ने बाध्यतालाई मध्यनजर गरी संगठनात्मक व्यवस्थापन गर्नुपर्ने छ ।

    ५) सबै तहका निर्वाचनको तयारीमा व्यवस्थित रूपले जुट्न केन्द्रीय कमिटीले निर्देशित गरेको छ। बैठकको समापनमा बोल्नुहुँदै अध्यक्ष कमरेडले सर्वोच्च अदालतले फैसला गर्नुअघि रिट निवेदनको पक्षमा उभिएका नेताहरूले हस्ताक्षर फिर्ता गर्नुपर्ने अन्यथा पार्टीमा कुनै स्थान नदिने स्पष्ट गर्नुभयो।

    11.jpg

    111.jpg

    1111.jpg

    प्रकाशित मिति :आषाढ २० २०७८ आइतवार - १३:५९:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij