Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

सभामुखको तर्फबाट तोकिएका वकिलले थाले बहस, ५ जना वकिललाई दुई घण्टा समय

सभामुखको तर्फबाट तोकिएका वकिलले थाले बहस, ५ जना वकिललाई दुई घण्टा समय


  • 3.5K
    Shares

    सभामुखको तर्फबाट तोकिएका वकिलले थाले बहस, ५ जना वकिललाई दुई घण्टा समय

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परेको रिटमा सभामुख अग्निप्रसाद सापकोटाको तर्फबाट तोकिएका वकिलले बहस शुरु गरेका छन्।

    शुक्रवार सभामुखका तर्फबाट वरिष्ठ अधिवक्ताहरु श्यामप्रसाद खरेल, लभकुमार मैनाली, उपेन्द्रकेशरी न्यौपाने, अधिवक्ताहरु मेघराज पोखरेल र श्रीकृष्ण सुवेदी बहसका लागि तोकिएको थियो। शुक्रवारै सरकारी पक्षको बहस सकिएपछि सभामुखका तर्फबाट आज बहस शुरु भएको हो।

    शुरुमा अधिवक्ता मेघराज पोखरेलले बहस थालेका छन्। अधिवक्ता पोखरलेले विघटन गर्ने अधिकार २०७२ को संविधानले कटौती गरेको तर्क गर्दै देउवाको समर्थनमा उत्रेका एमाले सांसदहरुको बचाउ गरेका छन्।

    "पार्टीको समर्थन भ्यालिड छैन। इग्नोर गर्ने, जाँच्ने कुनै अधिकार राष्ट्रपतिलाई छैन। संसदले हेर्ने हो," पोखरेलले भने। सभामुखको पक्षका ५ जना वकिललाई २ घण्टाको समय प्रदान गरिएको छ।

     

     

    प्रकाशित मिति :आषाढ २० २०७८ आइतवार - १२:२२:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij