२०८२ माघ ७ गते बुधवार
विराटनगर । विराटनगरस्थित न्यूरो कार्डियो तथा मल्टी स्पेसियलिस्ट अस्पतालमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ।
मोरङको उर्लाबारी नगरपालिका-४ की ७० वर्षीय संक्रमित महिलाको उपचारका क्रममा शुक्रवार बिहान ७:४५ बजे मृत्यु भएको अस्पतालका अजित बस्नेतले जानकारी दिएका छन्।
बस्नेतका अनुसार मंसिर १५ गते स्वाब संकलन गरिएको परीक्षणमा १६ गते ती महिलामा कोरोना संक्रमण पुष्टी भएको थियो।
सोही दिन न्यूरो अस्पतालको कोभिड आइसोलेसन भर्ना भएकी ती महिलामा सुख्खा खोकी, उच्च रक्तचाप रहेको अस्पतालले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij