Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओलीको हुलाकी बन्दै माधव नेपाल फकाउन को-को पुगे कोटेश्वर ?

ओलीको हुलाकी बन्दै माधव नेपाल फकाउन को-को पुगे कोटेश्वर ?


  • 5.2K
    Shares

    ओलीको हुलाकी बन्दै माधव नेपाल फकाउन को-को पुगे कोटेश्वर ?

    काठमाडौं । अर्थमन्त्री एवं नेकपा एमालेका उपमहासचिव विष्णु पौडेल लगायतका नेताहरु एमाले नेता माधव नेपालको घरमा पुगेका छन् ।

    पार्टी बिवाद मिलाउने प्रयास स्वरुप पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य शंकर पोखरेल आइतवार बिहान कोटेश्वर पुगेका हुन् ।

    एमाले केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ताका लागि दिएको अल्टिमेटम सोमवार सकिदैछ । 

    पार्टी बिवाद समाधानको प्रयास स्वरुप एमालेका दोस्रो तहका नेताहरुबीच शनिवार दिनभर कुराकानी भएको थियो । त्यसक्रममा उपमहासचिव घनश्याम भुसालको पहलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच टेलिफोन कुराकानी भएको थियो । 

    शनिवारको केन्द्रीय कमिटी बैठकमा ओलीले सर्वोच्च अदालतको फैसला आउनु अघि नै हस्ताक्षर फिर्ता नलिए हस्ताक्षर गर्नेहरु पार्टी सदस्य नरहने बताएका थिए ।

    एमाले बिवाद उत्कर्षमा पुगेको समयमा उपमहासचिव पौडेल लगायतले नेताहरूसँगको भेटवार्तालाई तीब्र बनाएका छन् । 

    प्रकाशित मिति :आषाढ २० २०७८ आइतवार - १०:२४:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij