Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

आँखा जुधाएर कुरा गर्दिन भनेपछि ओलीले माधवलाई गरे टेलिफोन,के-के भयो थप प्रगति ?

आँखा जुधाएर कुरा गर्दिन भनेपछि ओलीले माधवलाई गरे टेलिफोन,के-के भयो थप प्रगति ?


  • 6.3K
    Shares

    आँखा जुधाएर कुरा गर्दिन भनेपछि ओलीले माधवलाई गरे टेलिफोन,के-के भयो थप प्रगति ?

    एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री  केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन वार्ता भएको छ । ओलीले बोलाएका कुनै पनि बैठकमा सहभागी नभएका नेता नेपालसँग ओलीले टेलिफोनमा कुराकानी गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
     
     प्रधानमन्त्रीले जारी केन्द्रीय कार्यसमिति बैठकमा टेलिफोन वार्तामा भएको कुराकानीबारे जानकारी दिनुहुनेछ,’ सल्लाहकार थापाले भने, ‘हामी प्रचारभन्दा पनि मिलाउनमै प्रयासरत छौं । सम्भवत् कुरा मिल्ला ।’

    ओलीले फागुनमा बनाएको महाधिवेशन आयोगजक समिति बुधबार भंग गरेर शुक्रबार साविक केन्द्रीय कार्यसमिति बैठक बोलाएका थिए । नेपाल समूहको माग अनुरुप महाधिवेशन आयोगजक समिति भंग गरेकाले केन्द्रीय समिति बैठकमा आउने अपेक्षा ओलीको थियो । 
    तर, नेपाल भने शुक्रबार र शनिबार बैठकमा सहभागी नभएपछि ओलीले टेलिफोन वार्ता गरेका हुन् । श्रोतका अनुसार ओलीले भेटेरै कुरा गरौ भन्दा नेपालले आँखा जुधाएर कुरा गर्दिन भनेपछि टेलिफोन सम्बाद भएको हो। 
     

    प्रकाशित मिति :आषाढ १९ २०७८ शनिवार - १५:४१:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij