२०८२ माघ १५ गते बिहिवार
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच टेलिफोन संवाद भएको छ । शनिबार दिउँसो ओली र नेपालबीच टेलिफोनमा कुराकानी भएको हो ।
नेता नेपालले ओलीले शुक्रबार बोलाएको केन्द्रीय कमिटीको बैठक रोक्न आग्रह गरेका थिए भने ओलीले भने बैठकमा सहभागी हुन निम्तो दिएका थिए ।
अहिले पनि दोस्रो तहका नेताहरु ललितपुरस्थित समिट होटलमा छलफलमा छन् । उपमहासचिव घनश्याम भुसाल माधव नेपाल निवास कोटेश्वर पुगेका थिए ।
भुसालले माधव नेपाल निवास पुगेर दुई नेताबीच टेलिफोन सम्वाद गराएका एक नेताले बताए । ओली र नेपालबीच टेलिफोन कुराकानी भएपछि भुसाल समिट होटल फर्किएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij