२०८२ माघ १५ गते बिहिवार
क्रियाशील सदस्यताको विषय टुंग्याउन मापदण्ड बनाएको भोलिपल्टै सभापति शेरबहादुर देउवाले आफू निकटका नेताहरुको बैठक बोलाएका छन् ।
बैठकमा आफू निकटका नेताहरुसँग देउवाले बुढानिलकण्ठस्थित निवासमा छलफल गरिरहेका हुन् । बैठकमा उपसभापति विमलेन्द्र निधि पनि सहभागी रहेको बुढानिलकण्ठ स्रोतको भनाई छ ।
पछिल्लो समय निधिले पूर्व संस्थापनसँग सम्बन्ध र सम्पर्क बढाएपछि देउवासँगको भेट पातलिएको थियो । तर, मापदण्ड बनाएर सदस्यता टुंग्याउन गरेको भोलिपल्टै देउवाले बाेलाएकाे आफू निकटका नेताहरुको बैठकमा निधि पनि सहभागी भएका हन् ।
पौडेल पक्षले देउवाबाट आफूखुशी सदस्यता बाँडेको आरोप लगाउँदै आएको छ । पहिलेको जति नै एक सय प्रतिशत नै सदस्यता सबैतिर थप्ने भनिए पनि कहींकहीं बढी संख्या थपिएको, सिफारिसविना मनलाग्दी गरिएकोमा पौडेल पक्षले आपत्ति जनाउँदै आएको थियो । उनीहरुको आपत्तिपछि यस अघिको केन्द्रीय समितिको बैठकको निर्णय र पार्टीका परिपत्र अनुसार नै सदस्यताको विषय मिलाउने समझदारी बनेको हो ।
बुढानिलकण्ठ बैठकमा उपसभापति निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, रमेश लेखकसहितका नेताहरु सहभागी भएको बताइएको छ । महाधिवेशनको अन्य तयारीका बारेमा पनि छलफल हुने बताइएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij