Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

राजेन्द्र महतोलाई उपेन्द्र यादवले पहिलो ताला बाट भुईमै पछारे,जसपामा वार की पार हुँदै

राजेन्द्र महतोलाई उपेन्द्र यादवले पहिलो ताला बाट भुईमै पछारे,जसपामा वार की पार हुँदै


  • 6.6K
    Shares

    राजेन्द्र महतोलाई उपेन्द्र यादवले पहिलो ताला बाट भुईमै पछारे,जसपामा वार की पार हुँदै

    जनता समाजवादी पार्टी ( जसपा) को बालकुमारीस्थित पार्टी कार्यालयबाट अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको नेम प्लेट हटाइएको छ।
    जसपाभित्र विवाद बढ्दै गएपछि ठाकुर र महतो बस्ने कोठा बाहिर यसअघि रहेको नेम प्लेट हटाइएको हो।

    बालकुमारी कार्यालयको भुइँ तल्लामा ठाकुरको कार्यकक्ष छ भने पहिलो तल्लामा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको कार्यक्षको विपरित कोठमा महतोको कार्यकक्ष छ।

    अन्य सबै नेताहरूको कार्यकक्ष बाहिर नेम प्लेट यथावत रहेपनि ठाकुर र महतोको हटाइएको छ।

    कार्यालयको दोस्रो तल्लामा अध्यक्ष उपेन्द्र यादव र कार्यकारिणी सदस्य अशोक राईको कार्यकक्ष छ।दुबै नेता बस्ने कोठा बाहिर उनीहरूको नेम प्लेट यथावत छ। यसैगरी पहिलो तल्लामा संघीय परिषद अध्यक्ष भट्टराई र नेता महेन्द्रराय यादवको कार्यकक्षमा नेम प्लेट यथावत रहेको छ।

    पार्टीमा विवाद सुरू भएपछि ती नेम प्लेट हटाइएको जसपाका एक नेताले बताए।

    ‘उहाँहरू आउन छोड्नु भएको छ। कहिल्यै यता आउनु हुँदैन,’ ती नेताले भने,‘पाटीभित्र विवादपनि भइरहेको छ। उहाँहरू आउन पनि छोड्नु भएको। कार्यकर्ताहरूले नेम प्लटे हटाइ दिएका छन्।’

    प्रकाशित मिति :आषाढ १८ २०७८ शुक्रवार - १६:५५:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij