Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओलीका अनुसार पार्टी एक हुन नदिने यस्ता छन् चलखेल,कसले गराउदैछ एमालेलाई फेल ?

ओलीका अनुसार पार्टी एक हुन नदिने यस्ता छन् चलखेल,कसले गराउदैछ एमालेलाई फेल ?


  • 4.8K
    Shares

    ओलीका अनुसार पार्टी एक हुन नदिने यस्ता छन् चलखेल,कसले गराउदैछ एमालेलाई फेल ?

    प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन नदिने चलखेल भएको बताएका छन् ।

    प्रधानमन्त्रीको निवास बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रा हजारौं प्रयासका बाजजुद पार्टीलाई एक हुन दिइएको छैन । वामपन्थी सरकार ढालेर दक्षिणपन्थी सरकार, आफ्नो सरकार ढालेर विपक्षी दलको सरकार बनाउन राष्ट्रपतिकहाँ गएको लाजमर्दो अवस्था छ ।’

    एमाले सिद्धियो भनेर स्याल हुइयाँ गरिए पनि नेपालको राजनीति एमालेवरिपरि नै घुम्ने ओलीको दाबी छ । ‘एमाले सिद्धियो भन्ने । तर, राजनीति एमाले वरिपरि घुम्छ,’ उनले भने ।

    प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतका पछिल्ला फैसलाप्रति पनि असन्तुष्टि जनाएका छन् । ‘हिजो (देउवा प्रधानमन्त्री हुँदा) आचारसंहिता लागू भइसकेपछि मन्त्रिपरिषद् पुनर्गठन भएको नजिर छ । तर अहिले अग्राधिकार दिएर मन्त्रीहरू खाली गरियो,’ ओलीले भने, ‘दलका सदस्यलाई कारबाही गर्न पाइँदैन भनियो । के हुँदै छ, बुझ्नुपर्छ ।’

    प्रकाशित मिति :आषाढ १८ २०७८ शुक्रवार - १३:५९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij