Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन नेपाललाई ओलीले बैठक बाटै दिए आदेश

देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन नेपाललाई ओलीले बैठक बाटै दिए आदेश


  • 4.4K
    Shares

    देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन नेपाललाई ओलीले बैठक बाटै दिए आदेश

    कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर दुई दिनभित्र फिर्ता लिन नेकपा एमालेले माधव नेपाललाई निर्देशन दिएको छ ।

    बालुवाटारमा बसिरहेको  केन्द्रीय कमिटी बैठकले विघटित प्रतिनिधिसभाका माधव नेपाल र झलनाथ खनालसहितका २३ सदस्यलाई हस्ताक्षर फिर्ता लिएर पार्टीको पक्षमा उभिन निर्देशन दिएको हो ।

    माधव पक्षका १५ जना प्रत्यक्ष निर्वाचित र ८जना समानुपातिक सांसदले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरी सर्वोच्च अदालतमा रिट निवेदन समेत दिएका छन् । बैठकमा महासचिव ईश्वर पोखरेलले प्रस्ताव पेस गर्दै निवर्तमान सांसदलाई २ दिनको समय दिइएको बताए ।


    बैठकमा अध्यक्ष ओलीले पार्टीको नेता हो भन्ने तर अरु दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्ने र विपक्षीको हित ह’ने कार्य गर्ने कुरा स्वीकार्य नहुने बताए । बैठकमा ओलीको बिरोध गर्दै आएका बामदेव गौतम समेत सामेल छन्। 

    प्रकाशित मिति :आषाढ १८ २०७८ शुक्रवार - १३:४८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij