Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

ओलीले बोलाएको बैठकमा जाने र नजानेको यस्तो छ विवरण (नाम सहित)

ओलीले बोलाएको बैठकमा जाने र नजानेको यस्तो छ विवरण (नाम सहित)


  • 6.1K
    Shares

    ओलीले बोलाएको बैठकमा जाने र नजानेको यस्तो छ विवरण (नाम सहित)

     नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बालुवाटारमा चलिरहेको छ । झरीका कारण प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा टेन्ट राखेर बैठक राखिएको छ ।

    एमाले बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षधर सबै केन्द्रीय सदस्यहरु सहभागी छन् । तटस्थ भूमिकामा रहेका उपाध्यक्ष बामदेव गौतम पनि बैठकमा छन् ।

    एमाले वरिष्ठ नेता माधवकुमार नेपाल भने बैठकमा सहभागी भएका छैनन् । उनले आफूपक्षीय स्थायी कमिटी बैठक डाकेर सहभागी नहुने निर्णय लिएका थिए ।


    बैठकमा पूर्वमाओवादी नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा पनि सहभागी छन् । उनीहरु स्थायी कमिटी सदस्य मनोनित भएका थिए ।

    अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा चलिरहेको बैठकमा उपाध्यक्ष बामदेव गौतम, महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु प्रसाद पौडेल, सचिव प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ्ग सहभागी छन् । एमाले नेता सुवास नेम्वाङ, शंकर पोखरेल पनि सहभागी छन् ।

    बैठकमा सहभागी पदाधिकारीहरु

    केपी शर्मा ओली, अध्यक्ष
    बामदेव गौतम, उपाध्यक्ष
    ईश्वर पोखरेल, महासचिव
    विष्णुप्रसाद पौडेल, उपमहासचिव
    प्रदीप ज्ञवाली, सचिव
    पृथ्वी सुब्बा गुरुङ, सचिव

    बैठकमा अनुपस्थित पदाधिकारी

    माधवकुमार नेपाल, वरिष्ठ नेता
    झलनाथ खनाल, वरिष्ठ नेता
    भीम रावल, उपाध्यक्ष
    युवराज ज्ञवाली, उपाध्यक्ष
    अष्टलक्ष्मी शाक्य, उपाध्यक्ष
    घनश्याम भुसाल, उपमहासचिव
    गोकर्ण बिष्ट, सचिव
    योगेश भट्टराई, सचिव
    भीम आचार्य, सचिव

    प्रकाशित मिति :आषाढ १८ २०७८ शुक्रवार - १३:१४:२२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij