Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

कांग्रेस पदाधिकारी बैठक बस्दै, अल्झन क्रियाशील सदस्यता छानबिनमै

कांग्रेस पदाधिकारी बैठक बस्दै, अल्झन क्रियाशील सदस्यता छानबिनमै


  • 4.9K
    Shares

    कांग्रेस पदाधिकारी बैठक बस्दै, अल्झन क्रियाशील सदस्यता छानबिनमै

    काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक शुक्रबार बस्दैछ । बैठक बिहीबार बस्ने भनिएको भए पनि तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो । 

    पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले १४ औं महाधिवेशनको तयारीका बारेमै बैठकमा छलफल हुने बताएका छन् । 

    शुक्रबारको बैठकमा क्रियाशील सदस्यतामा देखिएको विवादबाट छलफल हुनेछ । छानबिन समितिले हालसम्मको प्रगति ब्रिफिङ गर्नेछ । 

    पार्टी मुख्यालय सानेपामा बैठक बस्दै गर्दा क्रियाशील सदस्यताको विवाद भने सजिलै मिल्ने देखिँदैन । अहिलेसम्म विभिन्न जिल्लाको विवाद मिलेको छैन । अन्य पार्टीबाट कांग्रेसमा आएकाहरुको क्रियाशील सदस्यताबारे कुनै निक्र्योल निस्केको छैन । 

    त्यसैगरी क्रियाशील सदस्यता छानबिनबारे छुट्टै मापदण्ड बनाउने पनि बुझिएको छ । भदौ १६ गतेदेखि पार्टीको १४ औं महाधिवेशन हुने भए पनि अहिलेसम्म क्रियाशील सदस्यतामै कांग्रेस अल्झिएको छ । 

    कोरोना भाइरसको महामारीबीच वैकल्पिक योजना बनाएरै भए पनि महाधिवेशन समयमै गर्नुपर्ने माग बढिरहेको छ । त्यसैगरी अहिलेसम्म नेतृत्वका लागि उम्मेदवारीको समेत टुङ्गो भइसकेको छैन । 

    अहिलेसम्म एक दर्जन जतिले आसन्न महाधिवेशनमा नेतृत्वका लागि चुनाव लड्ने स्वघोषणा गरे पनि टिम भने तयार हुन सकेको छैन । 

    प्रकाशित मिति :आषाढ १८ २०७८ शुक्रवार - १२:०८:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij