Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

प्रचण्ड र बाबुराम संग सभामुखले ४५ मिनेट गरे गोप्य भेट,के पाक्दैछ भित्र-भित्रै खिचडी ?

प्रचण्ड र बाबुराम संग सभामुखले ४५ मिनेट गरे गोप्य भेट,के पाक्दैछ भित्र-भित्रै खिचडी ?


  • 5.2K
    Shares

    प्रचण्ड र बाबुराम संग सभामुखले ४५ मिनेट गरे गोप्य भेट,के पाक्दैछ भित्र-भित्रै खिचडी ?

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा भइरहेको मुद्दाको सुनुवाइ सकिने दिन नजिकिदै जाँदा  नेकपा माओवादी केन्द्रका अध्यक्ष र जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन्।

    लैनचोरस्थित सभामुखको सरकारी निवासमा भेटवार्ता भएको हो। सभामुखलाई भेट्न प्रचण्ड र बाबुराम उनको निवास पुगेका थिए। 

    पछिल्लो राजनीतिक घटनाक्रम बारे छलफल भएको उच्च स्रोतले जानकारी दियो। प्रतिनिधिसभा पुनःस्थापना भएको अवस्थामा कसरी अगाडि बढ्ने लगायतका विषयमा पनि छलफल भएको बुझिएको छ। 

    बिहान सवा ९ बजेदेखि साढे १० बजेसम्म भेटवार्ता भएको सुरक्षा उच्च स्रोत जानकारी दियो। यस अघि प्रचण्ड र बाबुराम बीच उपराष्ट्रपति निवासमा भेट भएको थियो।

    प्रकाशित मिति :आषाढ १८ २०७८ शुक्रवार - १२:०५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij