Logo

२०८२ भाद्र १९ गते बिहिवार

२०८२ भाद्र १९ गते बिहिवार

आउँदो आइतबारदेखि श्रम कार्यालय ताहाचलले नियमित सेवा दिने, अनलाइनबाटै सेवा लिन विभागको अनुरोध

आउँदो आइतबारदेखि श्रम कार्यालय ताहाचलले नियमित सेवा दिने, अनलाइनबाटै सेवा लिन विभागको अनुरोध


  • 7.6K
    Shares

    आउँदो आइतबारदेखि श्रम कार्यालय ताहाचलले नियमित सेवा दिने, अनलाइनबाटै सेवा लिन विभागको अनुरोध
    images

    काठमाण्डौ ।  वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलले आउँदो आइतबारदेखि नियमित सेवा प्रदान गर्ने भएको छ ।

    कोरोना सङ्क्रमण रोकथामका लागि भएको निषेधाज्ञामा हप्तामा तीन दिन श्रम स्वीकृति प्रदान गर्दै आएको कार्यालयले आउँदो आइतबार अर्थात् असार २० गतेदेखि नियमित रूपमा सेवा प्रदान गर्ने जनाएको छ । 

    गएको वैशाख २४ गतेदेखि केही समय कार्यालयले भौतिक रूपमा उपस्थित भएर प्रदान गर्ने सेवा बन्द गरिएको थियो । तर सरकारले निषेधाज्ञासँगै अन्तर्राष्ट्रिय उडान पनि खुलाउँदै लगेपछि कार्यालयले नियमित रूपमा श्रम स्वीकृति प्रदान गर्ने जनाएको छ । 

    तर अहिले पनि बायोमेट्रिक भएका र अनलाइनबाटै पनि श्रम स्वीकृति लिन मिल्ने व्यक्तिहरूलाई अनलाइनबाटै सेवा लिन विभागले अनुरोध गरेको छ ।

    बायोमेट्रिक नभएका र व्यक्ति स्वयम उपस्थित हुनै पर्ने काम बाहेक अन्य व्यक्तिहरूलाई विभागले सेवा प्रदान नगर्ने पनि जनाएको छ । कार्यालयमा उपस्थित भएर भिडभाड गर्न पाइने छैन । कार्यालय जाने सबैले अनिवार्य रूपमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नु पर्नेछ ।

    प्रकाशित मिति :आषाढ १८ २०७८ शुक्रवार - ११:५३:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij