Logo

२०८२ माघ १५ गते बिहिवार

२०८२ माघ १५ गते बिहिवार

माधव नेपालले किक हानेको बैठकमा झुल्किए बामदेव,ओलीले के-के निर्णय गर्दैछन् आज ?

माधव नेपालले किक हानेको बैठकमा झुल्किए बामदेव,ओलीले के-के निर्णय गर्दैछन् आज ?


  • 8.6K
    Shares

    माधव नेपालले किक हानेको बैठकमा झुल्किए बामदेव,ओलीले के-के निर्णय गर्दैछन् आज ?

    नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी हुने भएका छन्। उनी बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन्।

    पार्टीलाई पुरानै अवस्थामा फर्काउनुपर्ने माग गर्दै आएका गौतम केन्द्रीय कमिटी बैठकमा सहभागी हुन बालुवाटार पुगेका हुन्।
    गौतममा छोरा हरिश गौतमले सामाजिक संजालमार्फत उपाध्यक्ष गौतम केन्द्रीय कमिटी बैठकमा सहाभागी हुने बालुवाटार गएको उल्लेख गरेका छन्।

    अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा भाग लिन गौतम बालुवाटार प्रस्थान गरेको उनका छोरा हरिशले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

    पार्टी उपाध्यक्षका हैसियतले बोलाइएको पत्र सार्वजनिक गर्दै उनले बैठकमा सहभागी हुन गौतम बालुवाटार प्रस्थान गरेको जानकारी दिएका छन्।

    वामदेवले पार्टी एकताका लागि जेठ २ मा कायम स्थायी कमिटिको बैठक डाक्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए।

    बिहान ११ बजे एमालेको केन्द्रीय कमिटि बैठक बस्दै छ । यो बैठकमा माधवकुमार नेपाल समूहले भने सहभागी नहुने अडान लिएको छ। ओली आजको बैठक बाट थप कठोर निर्णय गर्ने दाउमा छन्। हिजो सांझा मात्र उनले माधव नेपाल संग अन्तिम सम्बाद गरेका थिए। अब नेपाललाई नपर्खने ओलीले बताएको उनी निकट एक नेताले खबर सेन्टरलाई बताए। 

    प्रकाशित मिति :आषाढ १८ २०७८ शुक्रवार - १०:५०:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij