२०८२ माघ १५ गते बिहिवार
अध्यक्ष केपी ओलीले आज (शुक्रबार) का लागि बोलाएको केन्द्रीय कमिटी बैठकलाई एमालेकी नेतृ तथा सांसद रामकुमारी झाँक्रीले गुटको बैठक भन्दै बिरोध गरेकी छन्।
ट्वीटरमार्फत झाँक्रीले आफूहरुले उठाउँदै आएका राजनीतिक र सांगठानिक मुद्धाको सम्बोधनबिना बैठकमा उपस्थित हुने कुरै नआउने स्पष्ट पारेकी छन्।
‘भ्रममा नपरौ भोली असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो,’ बिहीबार राति उनले ट्वीट गर्दै भनेकी छन्, ‘हामीले उठाएका राजनीतिक र सांगठनिक मुद्धाको सम्बोधनबिना उक्त बैठकमा सहभागी हुने कुरै आउँदैन। आज बसेको हाम्रो स्थायी कमिटीको बैठकले उक्त बैठकमा नजाने निर्णय गरेको छ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij