२०८२ माघ ७ गते बुधवार
चुनदेवी, काठमाडौं निवासी २२ बर्षिया अदिती घिमिरेले मेलम्चीका बाढी तथा पहिरो पिडितहरुलाई दाल, चामल, तेल, चिउरा, चाउचाउ, नुन लगायतका खाध्य सामग्री सहयोग गर्नुभएको छ ।
बिगत ११ बर्षदेखी मन्थली माध्यामिक बिधालय, मन्थली, रामेछापमा उहाको नामबाट बर्षेनी बिभिन्न प्रतियोगीताहरु आयोजना गरी बिद्यार्थीहरुलाई पुरस्कार तथा जेहेन्दार तथा गरिब बिद्यार्थीहरुलाई पढ्नको लागी हौसला होस् भन्ने हेतुले छात्रवृत्ति समेत प्रदान गर्दै आइरहेको छ ।
उहाँ पौडीवाज तथा गल्फ खेलाडी पनि हुनुहुन्छ, बिभिन्न समयमा भएका प्रतियोगीताहरुमा धेरै पदकहरुसमेत जितिसक्नु भएकी अदिती आफ्नो आमा तथा बुबाको प्रेरणाले समाजसेवामा आकर्षित भएको बताउनुुहुन्छ र भविष्यमा पनि यसमा आफु निरन्तर लागिरहने जानाकारी दिनुभयो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij