२०८२ चैत्र १ गते आइतवार
गएको जेठ १ गतेबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को लिखित परीक्षा र ट्रायलमा नयाँ व्यवस्था लागु हुने भने पनि हुन सकेको थिएन ।
तर, आगामी दिनमा हुने लिखित र प्रयोगात्मक परीक्षामा नयाँ नियम लागु हुने यातायात व्यवस्था विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले जानकारी दिए । नयाँ व्यवस्थामा परीक्षामा उत्तीर्ण हुने दर बढ्नेछ । यसअघि, ३० प्रतिशतको हाराहारीमा पास हुने भए पनि अब ५०/६० प्रतिशत पास हुने भुसाल बताउँछन् ।
नयाँ व्यवस्था यस्तो छ
सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ मा लिखित परीक्षामा ८० अंक र ट्रायल (प्रयोगात्मक)मा ७० अंक ल्याए पास हुने व्यवस्था छ । यसअघि, लिखितमा ५० अंक र प्रयोगात्मकमा १०० अंक नै ल्याउनुपर्ने व्यवस्था थियो । यस्तोमा केही कमजोरी भएको अवस्थामा पनि पास हुने दर बढ्नेछ ।
सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकाका अनुसार परीक्षामा सोधिने सबै प्रश्नहरु विभागले सार्वजनिक गरेको छ । सूचना अधिकारी भुसालले भने, “सानो र ठूला दुवै सवारीका लागि ५/५ सय प्रश्न हामीले विभागको वेबसाइटमा राखेका छौँ । तीनै प्रश्नबाट २०/२० वटा प्रश्न आउनेछन् । प्रत्येक प्रश्न ५ नम्बरको हुनेछ ।”
पहिले परीक्षा दिइसकेका हकमा भने पुरानै व्यवस्था लागु हुनेछ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij