२०८२ भाद्र २ गते सोमवार
काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ पुस्तक "अर्थ-राजनीतिक विमर्श" सांङ्ग्रिला बुक्सले बजारमा आएको छ ।
डा भट्टराईले पछिल्लो समय लेखेका २२ आलेख समेटिएको उक्त पुस्तकमा राजनीतिक वाददेखि भौतिक विज्ञान र समसामयिक वैश्विक घटनाक्रमहरु समेटिएका छन्।
"पुराना पार्टीहरु र वैकल्पिक नयाँ शक्तिको खोजीमा लागिरहेकाहरु पनि मौजुदा गतिरोध र असामान्जस्यमा फसिरहेको सन्दर्भमा यो पुस्ताकलाई वैचारिक बहसको थालनीको रुपमा लिएको छु," पुस्तकका विषयमा बोल्दै भट्टराईले भने ।
पुस्तकको भूमिका डम्बर खतिवडाले लेखेका छन् । उनले ‘यो पुस्तकले एक्काइसौं शताब्दीको वैश्विक-वैचारिक परिवेशलाई बुझ्न र विशेषतस् उतर-गणतान्त्रिक युगको नेपाली राजनीतिको भावी कार्यदिशा निर्धारण गर्न गहिरो अभिप्रेरणा दिनेछ," भनेका छन् ।
"अर्थ-राजनीतिक विमर्श" पुस्तकले सबै खेमाका राजनीतिक अभियन्ता, विकास समृद्धिका आकांक्षी, नीति-निर्माता र बिशेषत: जिज्ञासु युवालाई आवश्यक सन्दर्भ सामग्री र बौद्धिक खुराक मिल्ने प्रकाशक सांङ्ग्रिला बुक्सको भनाइ छ । पुस्तक २७४ पृष्ठको रहेको छ र यसको मूल्य ४६४ रुपैयाँ तोकिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij